२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पललाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

Logo

विराटनगर, चैत ११
नेपाली चेलचित्रका युवा–लोकप्रिय नायक पल शाह कारागार चलान भएका छन् । नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका नायक पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहिवार जिल्ला अदालत तनहुँमा थुनछेक बहस सकिएपछि अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

झूटो प्रेमको बहाना गरेर आफुलाई पलले पटकपटक बलात्कार गरेको भन्दै नबालिग गायिकाको परिवारले तनहुँ प्रहरीमा फागुन ११ गते उजुरी दिएको थियो । उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा हाजिर भएका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा तीन वर्षभन्दा बढी सजाय हुने आरोपमा मुछिएको व्यक्ति घटनामा संलग्न छ भन्ने प्रारम्भिक सुनुवाइमा देखिएमा पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था छ । अब अन्तिम टुंगो नलागुञ्जेलसम्म आरोपित पललाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाइनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]