२२ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

पललाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

विराटनगर, चैत ११
नेपाली चेलचित्रका युवा–लोकप्रिय नायक पल शाह कारागार चलान भएका छन् । नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका नायक पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहिवार जिल्ला अदालत तनहुँमा थुनछेक बहस सकिएपछि अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

झूटो प्रेमको बहाना गरेर आफुलाई पलले पटकपटक बलात्कार गरेको भन्दै नबालिग गायिकाको परिवारले तनहुँ प्रहरीमा फागुन ११ गते उजुरी दिएको थियो । उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा हाजिर भएका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा तीन वर्षभन्दा बढी सजाय हुने आरोपमा मुछिएको व्यक्ति घटनामा संलग्न छ भन्ने प्रारम्भिक सुनुवाइमा देखिएमा पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था छ । अब अन्तिम टुंगो नलागुञ्जेलसम्म आरोपित पललाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाइनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]