०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

प्रदेशसभाका नवौं अधिवेशनको अन्त्य, प्रदेशको नाम अझै टुंगो लागेन

Logo
प्रकाशित सोमबार, चैत्र १४, २०७८

विराटनगर, चैत १४
प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि लागुहुने गरी अधिवेशन अन्त्य भएको हो । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाउँदै उपसभामुख सरस्वती पोखरेलले सो घोषणा गरिन् ।

२२ गते सुरु भएको नवौं तथा हिउँदे अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक पारित गरेको थियो । यस अधिवेशनबाटै मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत समेत लिएका थिए ।

अधिवेशनमा सरकारले प्रदेश मिडिया व्यवस्थापन सम्बन्धी विधेयक टेबल गराएको थियो । विधेयक सैद्धान्तिक छलफलकै क्रममा छ, पारित भएको छैन ।
प्रदेशको नाम भने यस अधिवेशनले समेत टुंगो लगाउन सकेने ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]