२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

सिटक्षमता भन्दा दाेब्बर विद्यार्थी कोचेर स्कुल-बस गुडाउने बिकेभिएम स्कुललाई कारवाही

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८

विराटनगर, चैत २५

सिटक्षमता भन्दाबढी विद्यार्थी कोचेर स्कुल–बस गुडाउने विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुललाई कारवाही भएको छ ।

जिल्ला ट्राफिक कार्यालय मोरङले विराटनगरको घाँसचोकमा विद्यार्थी कोचाकोच गरि राखिएको अवस्थामा सो स्कुलको बस फेला पारेको थियो । जम्मा ३९ सिटक्षमता भएको सो बसमा स्कुलले ७० भन्दाबढी विद्यार्थी कोचाकोच गरि खादेको चेकजाँचको क्रममा फेला परेको थियो ।

विकेभिएमले प्रति विद्यार्थी बससेवा बापत मासिक २ हजार रुपैयाँसम्म लिने गरेको छ । चर्को महशुल तिरेपनि आफ्नो बालबालिका भने उभ्भिएर आउजाउ गर्नुपरेको अभिभावकहरुको गुनासो छ । तर आफ्नो बालबालिकालाई विभिन्न बाहानामा स्कुलले कारवाही गर्नसक्ने त्रासले कोही पनि अभिभावक स्कुलको ज्यादती विरुद्ध बोल्न सकेको थिएन ।

स्कुल तथा कलेज बसहरूले क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी साधन कुदाउने गरेको जनगुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि विशेष अभियानसुरू गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]