२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

सिटक्षमता भन्दा दाेब्बर विद्यार्थी कोचेर स्कुल-बस गुडाउने बिकेभिएम स्कुललाई कारवाही

Logo

विराटनगर, चैत २५

सिटक्षमता भन्दाबढी विद्यार्थी कोचेर स्कुल–बस गुडाउने विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुललाई कारवाही भएको छ ।

जिल्ला ट्राफिक कार्यालय मोरङले विराटनगरको घाँसचोकमा विद्यार्थी कोचाकोच गरि राखिएको अवस्थामा सो स्कुलको बस फेला पारेको थियो । जम्मा ३९ सिटक्षमता भएको सो बसमा स्कुलले ७० भन्दाबढी विद्यार्थी कोचाकोच गरि खादेको चेकजाँचको क्रममा फेला परेको थियो ।

विकेभिएमले प्रति विद्यार्थी बससेवा बापत मासिक २ हजार रुपैयाँसम्म लिने गरेको छ । चर्को महशुल तिरेपनि आफ्नो बालबालिका भने उभ्भिएर आउजाउ गर्नुपरेको अभिभावकहरुको गुनासो छ । तर आफ्नो बालबालिकालाई विभिन्न बाहानामा स्कुलले कारवाही गर्नसक्ने त्रासले कोही पनि अभिभावक स्कुलको ज्यादती विरुद्ध बोल्न सकेको थिएन ।

स्कुल तथा कलेज बसहरूले क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी साधन कुदाउने गरेको जनगुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि विशेष अभियानसुरू गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]