२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

वडा कार्यालयमा तालाबन्दी : मतदाता भड्काउने षड्यन्त्र भएको अध्यक्षको दावी

Logo
प्रकाशित सोमबार, चैत्र २८, २०७८

चैत २८, विराटनगर
देवानगंज गाउँपालिकाको ६ नं. वडा कार्यालयमा सोमबार एक समूहले तालाबन्दि गरेका छन् । सो समूहले वडाबाट वितरण भएको स्प्रे (किट नाशक औधषी छर्ने स्प्रे) आफुहरुले नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।
गत चैत २४ गते वाड नं ६ले किसानहरुलाई १ सय ५५ थान स्प्रे वितरण गरेको थियो । सोही दिन केही महिला तथा पुरुषहरुको एक समुहले स्प्रे पाउने नामवलीमा आफूहरुको नाम नभएको भन्दै वितरण कार्यमा अवरोध सिर्जना गरेका थिए । सोमबार सोही स्प्रे नपाएका समूहले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उक्त विवादलाई मिलाउन वडाध्यक्ष देव नारायण मेहताले चैत २४ गते नै छुटेकालाई छुट फार्म भर्न अग्रह गर्दै आर्को पटक स्प्रे उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर भोलीपल्टैबाट निवार्चन अचार संहिता लागु भएपछि वडाध्यक्ष मेहताले छुटेकाहरुलाई स्प्रे दिन पाएनन् ।

“किसानहरुलाई कृषी समाग्री बढ्नु वडाको नियमित कार्यक्रम जस्तैनै हो, आचार संहिता जस्ता विविध कारणले कहिले काही त्यस्तो कार्यक्रम रोकिन सक्छ” मेहता भन्छन् “रोकिनको अर्थ सधैलाई बन्द हुनु त होईन, अर्को पटक जब कार्यक्रम चल्छ छुटेकाले प्राथमिकता पाउँछन् ।”
तर विवाद यसरी चर्किनुको पछि केहि राजनितिक कारण रहेको अध्यक्ष मेहता बताउँछन् । चुनावताका किसानहरुलाई उक्साउदै तालाबन्दी गराएर मतदाता भड्काउन खोजको अध्यक्ष मेहताको बुझाई छ । तालाबन्दी गर्न आउनेहरु समूहभित्र किसानहरुभन्दा बढी परिचालित व्यक्तिहरु रहेका मेहताको दावी समेत छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]