२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

२०७९ सालमा नेपालको भबिष्य

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

वैशाख १, विराटनगर

२०७९ साल नेपालको लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् ।  नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताउनु भयो । उहाँकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरु देखिने भएपनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकोले सरकार कमजोर रहनेछ । यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिएपनि आन्तरिक रुपमा कलह नै रहने बताउनु भयो । ज्योतिषाचार्य सोडारीले यस वर्ष शैक्षिक संस्थाहरु, धार्मिक क्षेत्रहरु, बौद्धिक व्यक्तित्वहरु भुमिका राष्ट्रका लागि केही गर्छन् भन्ने आश गरेपनि साउन १२ देखि कार्तिक ३ सम्मको समय आफ्नो स्वार्थपूर्तिका लागि हुने बताउनु भयो । यस वर्ष दक्षिणतर्फको सीमामा केही समस्या आउन सक्ने, भूक्षय तथा वर्षाले असहज परिस्थिति सिर्जना गर्नसक्ने, रोगमा वृद्धि हुनसक्ने बताउनु भयो । यस वर्ष अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टि हुने सम्भावना रहेको छ । त्यस्तै अन्नबाली उत्पादनको क्षेत्रमा पनि कमी हुनसक्ने ज्योतिषाचार्य सोडारीले बताउनु भयो । यस वर्ष आर्थिक रुपमा पनि समग्रमा नराम्रो रहेको छ । यस वर्ष भूकम्प जानसक्ने पनि सम्भावना रहेको ग्रहगोचरहरुले देखाएको बताउनु भयो । सबैले सोचेर काम गर्ने हो भने देश शंकटमा नफस्ने पनि उहाँले बताउनु भयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]