१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा स्वतन्त्र उम्मेदवारको लोकप्रियता उँचाईमा

Logo

✍ निरज बस्नेत
विराटनगर, वैशाख १७
विराटनगरमा पार्टीगत भन्दा पनि स्वतन्त्र उम्मेदवारको लोकप्रियता बढ्दै गएको पाईएको छ । यहाँ विभिन्न पार्टी बाट खडा भएका उम्मेदवारहरुलाई पार्टी भित्रैका गुट उपगुटले सिध्याउने रणनिति बनाईरहेका छन् । तर, स्वतन्त्र उम्मेदवारको हकमा भने कुनै गुट उपगुटको वाधाव्यवधान छैन र आम विराटनगरवासी समेत सकारात्मक छन् ।
जनता समाजवादी पार्टी परित्याग गरी स्वतन्त्रमा उम्मेदवारी दिएका उमेश यादवको सरलपना आम मतदाताले रुचाएका छन् । यादवको सादगी जिवनशैली र छिट्टै घुलमिल हुने बानीलाई विराटनगरवासीले मनपराएका छन् ।
यादवको चुनावी एजेण्डा व्यवहारमा लागु हुने खालको छ, महात्वकांक्षी छैन । शिक्षा, स्वस्था र सरसफाईमा अग्रगामी छलाङ मार्ने उनको योजना छ ।

त्यस्तै गरी माओवादी केन्द्र परित्याग गरी स्वतन्त्रबाट नै उपमेयरको उम्मेदवारी दिएकी नमिता न्यौपानेको पल्ला भारी बन्दैछ । जसपाका अमरेन्द्र यादव एवं एमालेकी शिल्पा कार्कीको पनि उपमेयरमा दावेदारी छ । कार्कीले एमालेबाट टिकट पाएपनि लाभको पद ओगटेका कारण उनी विवादमा मुछिएकी छिन् । यसैलाई लिएर जसपाका उपमेयरका दावेदार अमरेन्द्र यादवले काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता समेत गर्दैछन् ।
यता उपेन्द्र यादवको छोरा भएकै कारण विरासतबाट अमरेन्द्रले टिकट पाएको भन्दै जसपाका आम कार्यकर्ता रुष्ट बनेका छन् । यस्ता यस्ता विवादित फण्डाले अन्ततः नमितालाई जितको तर्फ डोर्याउदैछ ।

स्वतन्त्रकी उम्मेदवार न्यौपानेमा आफैमा पनि कानुन विषयमा दख्खल राख्ने व्यक्ति भएकीले समेत जनप्रतिनिधिका रुपमा समाजलाई न्याय गर्न उनी सक्षम छिन् ।
आम जनताले पछिल्लो समय नेतृत्वमा नयाँ अनुहार खोज्दै आएका छन् । स्वतन्त्र उम्मेदवार यादव र न्यौपाने दुवै नयाँ र लोकप्रिय अनुहार भएकाले उनीहरुको जित निश्चित भएको आम नगरवासीको बुझाई छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]