२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

माधवको उम्मेदवारीले वडावासीमा उत्साह

Logo

निरज बस्नेत
विराटनगर, वैशाख १८
स्वतन्त्र उम्मेदवार माधवराज वाग्लेको उम्मेदवारीले विराटनगर १०का वडावासीमा उत्साह जागेको छ । यसअघि ५ वर्षे सफल कार्यकाल विताएका वाग्ले फेरी पनि चुनावी मैदानमा उत्रिएका छन् । उनी विगतमा एमालेबाट बागी खडा भएका थिए । जुन बेला एमालेका अर्जुन गिरीलाई राम्रै मतले पराजित गरेका थिए । यसपालि उही अर्जुन गिरी नै उनका निकट्तम प्रतिद्धन्द्धी हुने अनुमान वाग्लेको छ ।

२०३४ साल मंसिरमा सरस्वती मावी विराटनगर (ठाकुरवाडी रोड) अनेरास्ववियु विद्यार्थी राजनितीबाट उदाएका उनी त्यती वेला सचिवको कार्यभार सम्हाल्दै अगाडि बढेका थिए ।
पाँच वर्षे वडाध्यक्ष भएको कार्यकालमा वाग्लेले सुविधा सम्पन्न वडाभवन बनाए । जुन भवन बैंकिङ डिजाईनमा बनेको उनी बताउँछन् । बाटोको दुईतर्फ गेट भएको १२ देखि १३ सय स्क्वायर फिट भएको यो आधुनिक भवनमा दुई गोदाम समेत छन् । यही भवनबाट जनताले सोचे मुताविकको सरल तरिकाले काम वडाबाट पाईरहेका छन् । वडाभित्र कालोपत्रे, नंम्बरिङ विद्युतिय पोल जोडान, सि सि क्यामेरा जडान, आर्कषक बत्ति जडान लागाएतका महत्वपुर्ण काम समेत भएका छन् । जुनकार्यको लागी वडा, नगर, टोलवासी सबैको सहयोग वाग्लेको कार्यकालमा भएको पाईन्छ ।
विराटनगरको वडा मध्यमा यो वडामा सरसफाई अब्बल मानिन्छ । कुल ७ हजार ३ सयको हाराहारीमा मतदाता छन् । जसमा ६ देखि ७ सय नँया मतदाता थपिएका हुन् । वडा अध्यक्ष जित्नको लागी मोटामोटी १ हजार मत ल्याए जितिन्छ । गएको चुनावमा ८ सय ५ मत ल्याई कुल २ सय ६१ मतको अन्तरले निक्टतम प्रतिद्धन्द्धि एमालेका अर्जुन गिरीलाई हराएका थिए । समग्र वडावासीको साथ सहयोग माया हौसला पाएमा यसपटक पुनः दोस्रो कार्यकाल जित्नेमा वाग्ले ढुक्क छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]