१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगर ४मा रोचक भिडन्त

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

निरज बस्नेत
विराटनगर, वैशाख १९

कुनै समय थियो, यहाँ केही समुदायको बाहुल्यता थियो । जुन समयमा खास जातिको भोट नै निर्णायक हुन्थ्यो । समय बदलियो, जमाना फेरियो । यही समय चक्रसँगै मिश्रित बाहुल्यताका बिचमा भोट संख्यामा परिवर्तन आईसकेको छ ।

गएको ७४को स्थानीय चुनावमा नेपाली काग्रेंसका देवेन्द्रराज पोखरेलले एमालेका उम्मेदवारलाई झिनो मतान्तरले पराजित गरेको वडा हो । यहाँ अहिले संजय मण्डल नेपाली काग्रेसका उम्मेदवार छन् । एमालेबाट जितन थापा । जसपाबाट उपेन्द्र यादव । राप्रपाबाट मोहन दाहाल लगायत अन्य छन् । सरसर्ती हेर्दा १० हजारको हाराहारीमा मतदाता संख्या भएको यस वडामा २ हजार आसपास ल्याउनेको जित सुनिश्चित बन्दछ ।

केन्द्रमा राजेन्द्र लिङ्देनको साखको कारण स्थानीय स्तरको चुनावमा राम्रै प्रभाव छोड्न सक्दछ । तथापी आम वडावासीको मत नै निर्णायक बन्दछ । राप्रपाको उम्मेदवार मोहन दाहाल वृद्ध छन् । तर पनि जोस जाँगर तरुणको जस्तै छ । भन्छन् “कांगे्रस, एमाले, माओबादीबाट जनता आजित भईसकेका छन् । यसपालि हाम्रो जित सुनिश्चित छ । एमालेमा पार्टी फुटको असर पर्न सक्छ । तथापी गएको चुनावमा निकटतम प्रतिद्धन्द्धि एमाले नै भएकै कारण यो पालि एमालेको पोल्टामा जित नपर्ला यसै अड्कल काट्न गाह्रो छ । गठबन्धनका उम्मेदवार एक्ला नभएका कारण कांग्रेसबाट मण्डलको उम्मेदवारीले जसपालाई झट्का दिन सक्दछ ।

जसपाका उपेन्द्र पूर्व अन्र्तराष्ट्रिय कब्बडी खेलाडी समेत हुन् । कांग्रेस, एमाले, जसपा, राप्रपाबिचको रोचक भिडन्त नै यहाँ जित हारको कारण बन्न सक्दछ । अन्यको उति साह्रो सम्भावना देखिदैन । निवर्तमान् वडाध्यक्ष देवेन्द्रराज पोखरेल यतिबेला काठमाडौंमा छन् । पार्टीको उम्मेदवारलाई सघाउने यो बेलामा एक्कासी उतातर्फ हानिनुलाई भित्रको असन्तुष्टि छर्लङ देखिन्छ । यही फाईदा विपक्षीले नलेला यसै भन्न सकिन्न । वषार्तको समयमा डुवानको मुख्य समस्या ज्यूँका त्यूँ छदैछ । सुकुम्बासी समस्या टट्कारो छ । विमानस्थल डुब्ने खतरा सधै रहन्छ । झट्ट हेर्दा चकमधमक सहितको विकसित देखिएतापनि यस वडा भित्रैबाट जर्जर छ । यो कटु सत्य हो । यही प्रमुख समस्यालाई चुनावी एजेण्डा बनाई विजय पश्च्यात कार्यान्यवनमा वडाध्यक्षले लगेको खण्डमा भोलीको उसको राजनितीक भविष्य सुनिश्चित बन्ने पक्का छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]