२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

रामसुन्दरको वडाअध्यक्षमा जित्ने दावी

Logo
प्रकाशित मंगलबार, बैशाख २०, २०७९

 निरज बस्नेत

विराटनगर, वैशाख २०
विराटनगर ११मा एमालेको पकड बलियो रहेको पाईन्छ । यस वडामा नेपाली कांग्रेसबाट राम सुन्दर राजवंशीको वडा अध्यक्षमा जित्ने दावी छ । यसपाली लालकिल्ला भत्काई रुखको विजय झण्डा गाड्ने राजवंशीको दृढ संकल्प छ । नेविसंघको विद्यार्थी राजनितीबाट महेन्द्र मोरङ क्याम्पसमा राजनितीको श्री गणेश गरेका राजवंशीको मुख्य चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, सरसफाई छन् ।
वडामा दुई सामुदायीक विद्यालय, जनपथ र अरुणदय आधारभुत रहेका छन् । जनपथको केही हदसम्म ठिक भएतापनि अरुणदयको खासै राम्रो शिक्षाको गुणस्तर छैन । यस विद्यालयलाई सुधार्ने राजवंशीको संकल्प रहेको छ ।

स्वास्थ्य चौकी भएता पनि वडावासीको पहुँचमा पुगेको छैन् । यसलाई वडावासीको आफ्नै बनाउने सुरमा उनी छन् । सरसफाईमा अब्बल बनाई छाड्ने मुद्दा पनि संगै छन् । सुकुम्बासीको संख्या एक सय देखि एक सय पचासको हाराहारी मात्र भएतापनि यो समस्या ठुलै देखिन्छ । यसलाई आवश्यक मात्रमा सम्बोधन गर्ने बाचा पनि राजवंशीको छ ।

२०३९ साल फागुन १४ मा जन्मिएका राजवंशीको युवा जोश वरकरार छ । उनको टिमका सदस्यहरु लक्ष्मण कोईराला किसान पृष्ठभुमीका हुन् । कृष्ण भट्टराई व्यवसायी हुन् , गायत्री थापा गृहणी हुन्, दलित तर्फ अर्की गृहणी ज्ञेनदीवी पासवान हुन् । पाँच जानाको यो टिम, सशक्त रहेको दावी राजवंशीको छ । सात हजार हाराहारीमा मतदाता रहेकोमा ५५ सय जति मत खस्ने अनुमान छ । १५ सय जति यसमा नँया मतदाता समावेश छ । १ हजार ५ सय भोट ल्याएमा जित सुनिश्चित हुन्छ । यसअघिको चुनावमा एमालेका तिर्थेन्द्र न्यौपानेले ३ सय बढी मतान्तरले कांग्रेसका उम्मेदवारलाई पराजीत गरेका थिए । यिनै न्यौपाने यो पाली फेरी वडाध्यक्षमा एमालेबाट उठेका छन् ।

कांग्रेसकी नेतृ केन्द्रिय सदस्य डिला संग्रौलाको समेत वडा हो । संग्रौलाले चुनावी प्रचारप्रसारमा घरदैलो कार्यक्रममा भौतिक रुपमै उपस्थिति जनाईरहेकी छिन् । यसबाट समेत राजवंशीलाई फाईदा पुगीरहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]