२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

साहको उम्मेदबारीले वडावासी उत्साहीत

Logo

निरज बस्नेत
विराटनगर, वैशाख २२

३८ वर्षिया नौजवान ठिटो बिराटनगर ११ का जसपाबाट उम्मेदवारी दिएका गणेश कुमार साहको जित हुनेप्रति वडावासी उत्साहित बनेका छन् । व्यवसायी ,नेता, समाजसेवीको मिश्रण छवि बनाएका साहको व्यक्तित्व जति सफल छ । त्यति नै उदाहरणीय छ ।

विश्वव्यापी महामारीको रुपधारीत कोरोनाकालमा साहको प्रयासले वडावासीमा शान्तिको सास फेर्न जति सजिलो भएको थियो । त्यति नै मात्रामा उनको अथक मिहिनेतले समस्त वडावासीको उर्जाको संचार पैदा गर्न सफल भएको थियो । खाना, लत्ताकपडा देखी आफ्नो भौतिक शरीर संगै तन, मन, धनको उनको समिश्रणले वडावासीमा एकप्रकारको आरामको भावना एकीकृत भएको थियो । अनेक सँगसंगठनमा आबद्धता भएका साह मनकारी प्रवृतिका छन् । कसैको दुख देख्न नसक्ने उनी सकेको सहयोग गर्न कहिल्यै पछि हट्दैनन् ।

७४ को चुनावमा एमालेका तिर्थेन्द्र न्यौपानेले बाजी मारेको यस वडामा यो पाली साहको निकटतम प्रतिद्धन्द्धी उनै न्यौपाने नै भएको वडामा आवाज सुनिन्छ । तथापि साह आफु जित्नेमा ढुक्क छन् । कांग्रेस, एमाले, राप्रपाका असन्तुष्ट खेमाको भोट आफै पाउने दाबी साहकाे छ । जसका कारण विजयको घण्टि बज्न अब धैरै समय कुर्नु पर्नै छैन । वडा अध्यक्ष ५ बर्ष हुदा तिर्थेन्द्रको कामकार्वाही आफ्नालाइ पोस्ने मात्र थियो ।

यसैको फाइदा साहको पोल्टामा जान सक्छ । कांग्रेसले राम्रो उम्मेदवार नदिएका कारण, त्यस्तैगरी राप्रपाको वडामा चार्म नै देखिदैन । यहि मेसोमा साहको विजयरथ अब टाढा नरहेको वडावासी बताउँछन् । ब्याचलर उतीर्ण साहको पढाइ अब्बल दर्जाको छ । बिराटनगर नै जन्मथलो त छदैछ । उनको यो ७ औं पुस्ता हो । हिपमत , नागरिक एफ.एम. लगाएतका संचारगृहमा सहयाेगीकाे भुमिकामा  काम गरेको अनुभव पनि उनको छ ।

आम संचारकर्मी संगको घनिष्ठतता त छदैछ । उनका अन्य सदस्यहरुमा , देवराज सापकोटा, सहदेव सहनी, अनीतादेवी पासवान(दलित), एवं उर्मिलादेवी सहनी सहितको दह्रो टिम छ । यहि टिमका साथमा यस वडामा साहको प्यानल नै विजयी हुने दावी छ । ११ हजार बढी जनसंख्या भएको यस वडामा ७ हजार ९ मत छ । यसमा ५ हजार जति मत खस्ने पूर्वानुमान छ । १ हजार ५ सय मत आउदा वडाअध्यक्ष जित्ने सुनिश्चित हुन्छ । वैश्य समाजको २ हजार ३ सय मत छ । पहाडे समुदायको ३ हजार छ । डुम जातिको २ सय, सहनीको ५ सय लगायत अन्य छन् । युवा लक्षित कार्यक्रममा जोड, शिक्षा, स्वास्थ्य, सरसफाइमा मुख्य फोकस साहको छ । शासक होइन सेवक बनी वडाको सेवा गर्ने साहको धोको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]