१९ पुष २०८२, शनिबार
03-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

साहको उम्मेदबारीले वडावासी उत्साहीत

Logo
प्रकाशित बिहिबार, बैशाख २२, २०७९

निरज बस्नेत
विराटनगर, वैशाख २२

३८ वर्षिया नौजवान ठिटो बिराटनगर ११ का जसपाबाट उम्मेदवारी दिएका गणेश कुमार साहको जित हुनेप्रति वडावासी उत्साहित बनेका छन् । व्यवसायी ,नेता, समाजसेवीको मिश्रण छवि बनाएका साहको व्यक्तित्व जति सफल छ । त्यति नै उदाहरणीय छ ।

विश्वव्यापी महामारीको रुपधारीत कोरोनाकालमा साहको प्रयासले वडावासीमा शान्तिको सास फेर्न जति सजिलो भएको थियो । त्यति नै मात्रामा उनको अथक मिहिनेतले समस्त वडावासीको उर्जाको संचार पैदा गर्न सफल भएको थियो । खाना, लत्ताकपडा देखी आफ्नो भौतिक शरीर संगै तन, मन, धनको उनको समिश्रणले वडावासीमा एकप्रकारको आरामको भावना एकीकृत भएको थियो । अनेक सँगसंगठनमा आबद्धता भएका साह मनकारी प्रवृतिका छन् । कसैको दुख देख्न नसक्ने उनी सकेको सहयोग गर्न कहिल्यै पछि हट्दैनन् ।

७४ को चुनावमा एमालेका तिर्थेन्द्र न्यौपानेले बाजी मारेको यस वडामा यो पाली साहको निकटतम प्रतिद्धन्द्धी उनै न्यौपाने नै भएको वडामा आवाज सुनिन्छ । तथापि साह आफु जित्नेमा ढुक्क छन् । कांग्रेस, एमाले, राप्रपाका असन्तुष्ट खेमाको भोट आफै पाउने दाबी साहकाे छ । जसका कारण विजयको घण्टि बज्न अब धैरै समय कुर्नु पर्नै छैन । वडा अध्यक्ष ५ बर्ष हुदा तिर्थेन्द्रको कामकार्वाही आफ्नालाइ पोस्ने मात्र थियो ।

यसैको फाइदा साहको पोल्टामा जान सक्छ । कांग्रेसले राम्रो उम्मेदवार नदिएका कारण, त्यस्तैगरी राप्रपाको वडामा चार्म नै देखिदैन । यहि मेसोमा साहको विजयरथ अब टाढा नरहेको वडावासी बताउँछन् । ब्याचलर उतीर्ण साहको पढाइ अब्बल दर्जाको छ । बिराटनगर नै जन्मथलो त छदैछ । उनको यो ७ औं पुस्ता हो । हिपमत , नागरिक एफ.एम. लगाएतका संचारगृहमा सहयाेगीकाे भुमिकामा  काम गरेको अनुभव पनि उनको छ ।

आम संचारकर्मी संगको घनिष्ठतता त छदैछ । उनका अन्य सदस्यहरुमा , देवराज सापकोटा, सहदेव सहनी, अनीतादेवी पासवान(दलित), एवं उर्मिलादेवी सहनी सहितको दह्रो टिम छ । यहि टिमका साथमा यस वडामा साहको प्यानल नै विजयी हुने दावी छ । ११ हजार बढी जनसंख्या भएको यस वडामा ७ हजार ९ मत छ । यसमा ५ हजार जति मत खस्ने पूर्वानुमान छ । १ हजार ५ सय मत आउदा वडाअध्यक्ष जित्ने सुनिश्चित हुन्छ । वैश्य समाजको २ हजार ३ सय मत छ । पहाडे समुदायको ३ हजार छ । डुम जातिको २ सय, सहनीको ५ सय लगायत अन्य छन् । युवा लक्षित कार्यक्रममा जोड, शिक्षा, स्वास्थ्य, सरसफाइमा मुख्य फोकस साहको छ । शासक होइन सेवक बनी वडाको सेवा गर्ने साहको धोको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]