१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगर ७ मा रोचक भिडन्त

Logo

निरज बस्नेत
विराटनगर, वैशाख २३
विराटनगर महानगरपालिकाको सबैभन्दा विकसित वडा ७ नम्बर हो । सविक ८,९ र १० मिलेर यो वडा बनेको हो । यहाँ कोशी अञ्चल अस्पताल, विरेन्द्र सभागृह, सहिद रंगशाला, जिल्ला प्रशासन कार्यालय, आदर्श विद्यालय, प्रदेश कार्यालय भवन, उच्च अदालत, मालपोत, भुमिसुधार, परिवार नियोजन संघ, बालिका विद्यालय लगाएत अन्य महत्वपुर्ण संरचनाहरु रहेका छन् ।

नेपाली कांग्रेसका सभापति एव‌्  प्रधानमन्त्री शेरबहादुर देउवालाई विराटनगर कोईराला निवासमै बसेर राजनितीमा काउन्टर दिने हस्ती शेखर कोईरालाको समेत वडा यही भएकाले यसलाई अर्थपूर्ण तरिकाले हेरिन्छ । नेपाली कांग्रेसका मोरङ जिल्ला उपसभापति नागेश कोईरालाले नगर प्रमुखको टिकट पाउनुमा शेखरको चट्टानी अडानले महत्वपूर्ण भुमिका खेलेको थियो ।

पहाडे, मारवाडी समुदायको बाहुल्यता रहेको यस वडामा नेपाली कांग्रेसका मधुबाबु तिवारी पुनः दोस्रो कार्यकालको लागी चुनावी प्रतिष्पर्धामा छन् । नेकपा एमालेबाट दामोदर तिवारी छन् । एकिकृत समाजवादीबाट चन्द्रशेखर धाडेवा छन् । त्यसै गरी जसपाबाट सत्यप्रकाश लुनिया तथा राप्रपाबाट नरेश गिरी लगाएतका छन् ।

यस अघिको चुनावमा लोकप्रिय मत ल्याई मधुबावु नेपाली कांग्रेसवाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यो पालि मधुको हकमा जित त्यति सहज छैन् । टिकटको क्रममा अर्का कांग्रेसका वडाध्यक्षका प्रत्यासी जितेन्द्र गोल्छामाथि दुर्व्यवहारको घटनाले समग्र मारवाडी समुदायको मत घट्ने अनुमान गरिन्छ । मधुकै साविक १० नं वडामा पनि मतदाता रुष्ट भएको कारण विरासत भत्किएला यही गाईगुई सुनिँदैछ । एमालेका तिवारी त्यती साह्रो लोकप्रिय नभएकाले एकिकृत समाजवादीका धाडेवालाई फाईदा पुग्ने अड्कल काटिदै छ । धाडेवाको भोट काट्न जसपाले प्रकाश मुन्दडाको ईसारामा आफ्नै कामदार लुनियालाई वडाध्यक्षको उम्मेदवारी दिएको वडावासी बताउँछन् । राप्रपाको गिरीको त केही अत्तोपत्तो छैन्, खासै चार्म देखिदैन् । हात्ती आयो हात्ती आयो फुस्सा हुने बुद्धिजीवि बताउँछन् । मधु, दामोदर, चन्द्रशेखर, सत्यप्रकाश एव् नरेश आफुले नै जित्ने दावी गर्छन् । तथापी आम वडावासीको मत नै निर्णायक हुनेछ ।

विराटनगरमा नागेश कोईरालाको दौडधुप, सागरको उत्साह, प्रल्लादको चर्को स्वर लगाएतले कसको पोल्टामा वडाध्यक्षको कुर्सी हात पर्ला यसै भनिहाल्न भने सकिन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]