२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगर ७ मा रोचक भिडन्त

Logo
प्रकाशित शुक्रबार, बैशाख २३, २०७९

निरज बस्नेत
विराटनगर, वैशाख २३
विराटनगर महानगरपालिकाको सबैभन्दा विकसित वडा ७ नम्बर हो । सविक ८,९ र १० मिलेर यो वडा बनेको हो । यहाँ कोशी अञ्चल अस्पताल, विरेन्द्र सभागृह, सहिद रंगशाला, जिल्ला प्रशासन कार्यालय, आदर्श विद्यालय, प्रदेश कार्यालय भवन, उच्च अदालत, मालपोत, भुमिसुधार, परिवार नियोजन संघ, बालिका विद्यालय लगाएत अन्य महत्वपुर्ण संरचनाहरु रहेका छन् ।

नेपाली कांग्रेसका सभापति एव‌्  प्रधानमन्त्री शेरबहादुर देउवालाई विराटनगर कोईराला निवासमै बसेर राजनितीमा काउन्टर दिने हस्ती शेखर कोईरालाको समेत वडा यही भएकाले यसलाई अर्थपूर्ण तरिकाले हेरिन्छ । नेपाली कांग्रेसका मोरङ जिल्ला उपसभापति नागेश कोईरालाले नगर प्रमुखको टिकट पाउनुमा शेखरको चट्टानी अडानले महत्वपूर्ण भुमिका खेलेको थियो ।

पहाडे, मारवाडी समुदायको बाहुल्यता रहेको यस वडामा नेपाली कांग्रेसका मधुबाबु तिवारी पुनः दोस्रो कार्यकालको लागी चुनावी प्रतिष्पर्धामा छन् । नेकपा एमालेबाट दामोदर तिवारी छन् । एकिकृत समाजवादीबाट चन्द्रशेखर धाडेवा छन् । त्यसै गरी जसपाबाट सत्यप्रकाश लुनिया तथा राप्रपाबाट नरेश गिरी लगाएतका छन् ।

यस अघिको चुनावमा लोकप्रिय मत ल्याई मधुबावु नेपाली कांग्रेसवाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यो पालि मधुको हकमा जित त्यति सहज छैन् । टिकटको क्रममा अर्का कांग्रेसका वडाध्यक्षका प्रत्यासी जितेन्द्र गोल्छामाथि दुर्व्यवहारको घटनाले समग्र मारवाडी समुदायको मत घट्ने अनुमान गरिन्छ । मधुकै साविक १० नं वडामा पनि मतदाता रुष्ट भएको कारण विरासत भत्किएला यही गाईगुई सुनिँदैछ । एमालेका तिवारी त्यती साह्रो लोकप्रिय नभएकाले एकिकृत समाजवादीका धाडेवालाई फाईदा पुग्ने अड्कल काटिदै छ । धाडेवाको भोट काट्न जसपाले प्रकाश मुन्दडाको ईसारामा आफ्नै कामदार लुनियालाई वडाध्यक्षको उम्मेदवारी दिएको वडावासी बताउँछन् । राप्रपाको गिरीको त केही अत्तोपत्तो छैन्, खासै चार्म देखिदैन् । हात्ती आयो हात्ती आयो फुस्सा हुने बुद्धिजीवि बताउँछन् । मधु, दामोदर, चन्द्रशेखर, सत्यप्रकाश एव् नरेश आफुले नै जित्ने दावी गर्छन् । तथापी आम वडावासीको मत नै निर्णायक हुनेछ ।

विराटनगरमा नागेश कोईरालाको दौडधुप, सागरको उत्साह, प्रल्लादको चर्को स्वर लगाएतले कसको पोल्टामा वडाध्यक्षको कुर्सी हात पर्ला यसै भनिहाल्न भने सकिन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]