२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

लोकप्रियताको शिखरमा चन्द्रशेखर

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

निरज बस्नेत
विराटनगर वैशाख २६
एकिकृत समाजवादी विराटनगर–७ का उम्मेदवार चन्द्रशेखर धाडेवाको लोकप्रियता यतिबेला चर्चाको शिखरमा पुगेको छ । जलजला चोक निवासी धाडेवालाई जिताउने वडावासीको चाहना बुझिएको छ ।

चुनाव चिन्ह कलम छापमा मतदान गर्नुपर्छ, वडामा युवा, बुद्धीजिवी, लगायतको सल्लाह वडाभित्रै सुनिदैछ । पुस्तौदेखी यही बिराटनगरकै जनताको सेवामा लागेका धाडेवाको अर्काे राम्रो समाजसेवीको छवि झन् दरिलो छ । वडामा धाडेवा जति सशक्त छन् । त्यति नै उनको प्यानल पनि आक्रमक छ ।

चुनावी प्रचार–प्रसारका क्रममा प्रत्येक घर नछुटाईकन पुगेका धाडेवालाई सबै वडाका मतदाताले जितको शुभकामना दिएका थिए । नरम बोली सबैसंग घुलमिल भईहाल्ने प्रवृतिका यिनको मुख्य चुनावी एजेण्डामा डुवानको समस्या हल, ज्येष्ठ नागरिकको हकमा आवश्यक सहजीकरण, दलित, महिला, पिछडीएका वर्ग सबैको पहुँचमा रहेर कामकार्वाही गर्ने, शिक्षा, स्वास्थ्य र सरसफाईमा प्रमुख रुपमा जोड दिएका छन् ।

गएको ७४ को चुनावमा यस वडामा मधुवावुको नेतृत्वमा नेपाली कांग्रेसले प्यानल सहित विजय प्राप्त गरेको थियो । यो पाली कांग्रेसलाई झट्का लाग्न सक्ने वडावासी बताउँछन् । त्यस्तैगरी नेकपा एमालेले दामोदर तिवारीलाई उम्मेदवार बनाउनु पनि खासै एमालेले जित हात पार्ला जस्तो नलागेको वडाबासी बताउँछन् । राप्रपाले नरेश गिरीलाई उम्मेदवार बनाएको छ । तर, गिरी वडामा खासै जमेका छैनन् । गठबन्धनले मेयर–उपमेयरमा तालमेल गरको छ । वडामा नगरेका कारण समेत ७ नं. मा धाडेवाको पोल्टामा जित हात पर्न सक्छ । यही चर्चा वडाभरी चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]