२२ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

हरिनगर गाउँपालिका ७ मा मोजम्मिल प्यानल सहित विजयी

Logo
प्रकाशित सोमबार, जेठ ०२, २०७९

बिराटनगर, जेठ २
निरज बस्नेत

सुनसरीको हरिनगर गाउँपालिका ७ को वडाअध्यक्षमा एकिकृत समाजवादीका मोजम्मिल खान प्यानल सहित निर्वाचित भएका छन् ।
कूल ५ सय ६६ मत ल्याई खान वडाअध्यक्षमा निर्वाचित भएका हुन् । खानका अन्य सदस्यहरुको ५ सय ४३, ५ सय ४०, ५ सय ७, ५ सय ७ मत आएको छ ।
निकटतम प्रतिद्धन्द्धी जसपाका नौसाद अन्सारीको ४ सय ६२ मत आएको छ । १ सय ४ मतान्तरको विजय हात पार्दा नवनिर्वाचित वडाअध्यक्ष खान जति खुशी देखिन्थे , त्यतिकै मात्रामा उनको पूरै वडावासी हर्षले गद्गद् भएका छन् ।
कूल २ हजार ८ सय ५४ मतदाता रहेको यस ७ वडामा २ हजार ४१ मत खसेको थियो ।
बुवा मो. नसरुल खानका माहिला छोरा मोजम्मिल खान उमेरले ३६ बर्षका छन् । मेडिकल सेक्टरका एम. आर. समेत रहेका खानको शैक्षिक योग्यता स्नातक उतीर्ण हो । आफ्नै गाउँ, ठाउँ, समाजबाट राजनीतिको श्रीगणेश गरेका खान अब विपक्षी लगायत सम्पूर्ण वडावासीको मन जितेर कामकार्वाही गर्ने बताउँछन् ।
उनको प्राथमिकतामा वडामा एम्बुलेन्स, दमकलको व्यवस्था गर्ने लगायतको छ । संगसंगै शिक्षा, स्वास्थ्य, सरसफाई, पूर्वाधार विकास, स्वच्छ पिउने पानीको व्यवस्था पनि छ ।
छिमेकी भारत सँगको नजिकै सिमाना जोडिएको यो वडामा धेरै संभावनाको ढोका खुल्ला रहेको खान बताउँछन् । घर नै पिच्छे विदेश हानिएका युवा जोशलाई बरकरार राख्नु एवं गाउँमै केहि सीपमूलक रोजगारी प्रदान गर्नुपर्ने खानको विशेष योजना रहेको छ ।
यसै वडाका ३२ बर्षीया मुनमुन भगत, खानको मुक्तकण्ठले प्रशंसा गर्दे खुशी व्यक्त गर्दे भन्छन् अब यस वडामा केही सकारात्मक काम हुने छ । त्यस्तैगरी २२ की युवती चाँदनी चौधरी पनि औधी रमाएकी छिन् । १० बर्षसम्म एम. आर. को १ नं. प्रदेश ईन्चार्ज भई काम गरिएको, खारिएको अनुभव खाँन संग छदैछ । यहि वडावासीको सम्पूर्णको साथ, सहयोग, माया, प्रेरणाले उनमा केहि गर्छु भन्ने उत्साह जागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]