१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

डान्स सेंन्टर उद्घाटन

Logo

बिराटनगर, जेष्ठ ६
निरज बस्नेत
बिराटनगर ११ नयाँ गुद्री नजिक मनकामना डान्स सेंन्टरको उद्घाटन भएको छ । ३ जनाको संयुक्त लगानीमा सेंन्टरको औपचारिक शुरुवात आजबाट भएको छ । बिराटनगरका घनिन्द्र मगर, संगिता राई र राजन राजवंशी यस डान्स सेंन्टरका संचालकत्रय हुन् ।

५ लाख लगानी रहेको सेंन्टरमा सबैखाले डान्स क्लासहरु हुनेछन् । बिराटनगरको चिरपरिचित अनुहार नृत्य सम्राट प्रेम सुनामले यस डान्स सेंन्टरको रिबन काटी उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा बोल्दै सुनामले संचालकत्रयलाई मुक्तकण्ठले बधाई दिएँ ।

कार्यक्रमका सभापति समाजसेवी राममोहन श्रेष्ठले सबैलाई बधाई दिदै शरिर स्वस्थ राख्न नृत्य अनिवार्य भएको प्रतिकृया व्यक्त गरे । कार्यक्रमका अतिथि सारडा ग्रुप अफ कम्पनिजका एरिया सेल्स म्यानेजर गोविन्द दाहालले मन्तव्य व्यक्त गर्ने क्रममा आफुलाई निमन्त्रणा गरेकोमा खुशी व्यक्त गर्दे भने मानव स्वास्थ्यलाई नृत्य अनिवार्य हुने बताएँ । यस अवसरमा समाजका अन्य गन्यमान्य मानिसहरुको समेत उपस्थिती रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]