०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सम्पतिको लेखाजोखा हुनुपर्छ

Logo

बिराटनगर, जेठ ६
निरज बस्नेत
२० बर्ष अगाडी लुनियाको सानो कपडा–पसल जैन भवन नजिक थियो । हंसराजले भारतबाट थान कपडा नेपालमा आयात गर्थे । यताउति सानोतिनो व्यापार जसोतसो चलाईरहेका थिएँ । लगतै छोरा पारस लुनियाको अगुवाईमा खनार(अहिले इटहरी १२¬) डुमरटोकामा अरिहन्त प्याकेजिंग कार्टुन उद्योग संचालनमा ल्याएँ । यस उद्योगको लागि चाहिने पेपर किलोमा आउँछ तर कार्टुन विक्री प्रति गोटा हुन्छ । यो कार्टुन उद्योग देशकै ठूलो कार्टुन उद्योग हो ।

यसको ५ बर्षपछि अरिहन्त आईरन उद्योग नेमुवामा खुल्यो । हंसराजका अर्का छोरा गिरिश लुनियाले यस उद्योगको कमाण्ड सम्हालेका छन् । यस उद्योगबाट जिआई वायर, स्टीच वायर, ब्याण्डिंग तार, काटी तार लगायत उत्पादन हुन्छ । तत्पश्चात संगसंगै रियल स्टेटको कामले उँचाई छोयो । गिरिशकै अगुवाईमा बुढिगंगा गाउँपालिका भित्रै महालक्ष्मी वायर एण्ड केवुल खुल्यो ।

समयक्रमसंगै अरिहन्त होलिडेज, अरिहन्त बिराटनगर काठमाडौं बस चल्यो, तर यो दुई कामले पैसा फलाउँन सकेन । आज होलिडेज र बसको काम बन्द छ । भुमि प्रशासन चोक शिक्षा दिप कलेज संगै रहेको आलिसान सेतो बंगला यहि लुनिया परिवारकै हो । आजको दिनमा २ सय कर्मचारी र १ हजार मजदूर लुनिया कम्पनिमा कार्यरत छन् ।

सरसर्ती हेर्दा यो दुई दशकको अवधिमा लुनिया परिवारले आज कम्तिमा अरबांै बढि सम्पति कमाएको देखिन्छ । दिन दुई गुणा रात चौगुणा सम्पति आर्जन भईरहनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । २० बर्ष अगाडीको सामान्य कारोवारी आज यति छोटो समयमा कसरी अकुत सम्पतिको मालिक भयो त प्रश्न जटिल छ ।

नेपालका उच्चपदस्थ व्यक्तित्वहरुसंगको सामिप्यता हुनु, औंला उठाउन खोज्नेहरुको मुख बन्द गर्न सफल हुनुपनि सम्पति वृद्धिको कारण हुनसक्छ भन्नेको मत बढ्दै गईरहेको छ । यसअर्थमा वास्तविकतामा सम्पतिको लेखाजोखा हुनु जरुरी छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]