१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा उपमेयरको ३८ र मेयरको २४ प्रतिशत मत बदर

Logo

विराटनगर, जेठ ८
विराटनगर महानगरको मेयर पदमा २९ हजार ३५८ मत बदर भएको छ । जुन खसेको मतको करिब २४ प्रतिशत हो । मुख्य निर्वाचन कार्यालयका अनुसार मेयरमा कुल ६८ हजार ३६ मत सदर भएको छ ।

त्यसैगरि उपमेयरमा ३४ हजार १६७ मत बदर भएको छ । जुन खसेको मतको ३८ प्रतिशत हो । मुख्य निर्वाचन कार्यालयका अनुसार उपमेयरमा कुल ५५ हजार २२९ मत सदर भएको छ ।

मेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेका उम्मेदवार सागर थापाले २९ हजार ४५५, स्वतन्त्त उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रहाद साहाले ५ हजार २१६ मत पाए । उपमेयरमा कार्कीले २५ हजार ६८० मतसहित निर्वाचित हुँदा दोसो्र स्थानमा रहेका जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९, राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११६मत पाएको थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]