२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

दुबईमा नेपाली चेली यौनधन्दाको शिकारमा

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

बिराटनगर, जेष्ठ ८
निरज बस्नेत
मूलतः खाडी मुलुकमा चोर बाटोबाट जाने अधिकांश नेपाली चेली दलालको फन्दामा फस्ने गरेका छन् । बोर्डर नाका काकरभिट्टा देखि बागडोगरा एयरपोर्टबाट सिधै दिल्ली हुदैं खाडी मुलुकहरुमा दलालहरुले पुर‌्याउँछन् । सुरुमा विभिन्न लोप लालच प्रलोभन देखाउँछन् ठगहरुले, यसमा प्रायजसो नेपाली दलालकै हात हुन्छ ।

एक नेपालीले अर्को नेपालीलाई सेटिंङमा खुलेआम ठग्छन् । दुबईमा विशेष ठूलो दलालले सम्पूर्ण चाँजोपाजो मिलाउँछ , उसले उतैबाट चेलीहरुसंग विविध तरिकाले सम्पर्क गर्छ । बिचौलियाको काम दिल्लीमा रहेर अर्को दलाली नेपालीले नै गर्ने गरेका छन् ।
दुःख पाएका श्रीमानबाट पीडित बनेका सम्पूर्ण किसिमले गाउँघरबाट अपहेलित चेलि दलालहरुको विशेष शिकार बन्न पुग्छन् । राम्रो कमाउँने शर्तमा फकाईफुल्याई पीडित चेलीलाई भिजिट भिसा मार्फत अधिकांशलाई खाडी मुलुक पुर्याईन्छ । होम मेडको काम धेरैले गर्ने मध्यको काम हो । यसमा ४५ हजार न्यूनतम देखि मासिक ८० हजारसम्म प्रत्येक महिना कमाई हुने गरेको छ ।

यसमा भने पुरुषले जान पाउँदैनन् । पुरुषको लागि यहाँ काम नै छैन । होम मेडको काममा पुरुष मालिकले सोझा सिधा नेपाली चेलीको अस्तित्व समेत लुटिरहेका छन् । बाध्यतावश समाजमा लाज हुने डर त्रासका कारण यस्ता पीडित भएका महिलाले भित्र भित्रै दबाउँछन् । परिणाम दलालको मनोबल आज उच्च बढ्नाले नै थुप्रै नेपाली चेलीलाई लाखौं ठगी गर्दे यौन प्यास समेत मेटाउन पुग्दछन् । सबैको हकमा भने यो लागू हुदैन ।

संघर्ष गर्ने चलाखले मज्जाले जेनतेन काम गर्न सफल भएका उदाहरण पनि छन् । मोरंग, सुनसरि, झापा, ईलाम, ताप्लेजुङ, लगायतका जिल्लाका ग्रामीण भेगका महिलाहरु अत्यधिक पीडित बनिरहेका छन् । काकरभिट्टा नाका हुदै बागडोगरा एयरपोर्टबाट दिल्ली पुर्याएको अलग्गै १० हजार देखि २० हजार सम्म लिने समेत खुलेको छ । बीचमा लाग्ने होटलको खर्च पनि सम्पूर्ण स्वयंले बहोर्नुपर्ने हुन्छ । विवाहीत ३० बर्ष नाघेका महिलाले नै जोखिम उठाएर दलाल मार्फत विदेश सयर गर्ने गरेका छन् । ३ महिनाको लागि भनेर सुरुमा भिजिट भिसा दिल्लीबाटै मिलाईन्छ । त्यसपछि कम्तिमा २ बर्षको वर्किङ भिसा काम गर्ने सम्बन्धित मुलुकबाटै दलालले लाखौं कुम्ल्याई मिलाईहाल्छन् ।
कामको हकमा सम्पूणले भनेजस्तो चाहिँ पटक्कै पाउँदैनन् । केहिको हकमा राम्रो हुन्छ भने अधिकांशले दुःख नै भोग्दछन् । एक दलालकै भनाईलाई आधार मान्ने हो भने यस संजालमा मन्त्रीसम्मकै संलग्नता हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]