१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

दुबईमा नेपाली चेली यौनधन्दाको शिकारमा

Logo

बिराटनगर, जेष्ठ ८
निरज बस्नेत
मूलतः खाडी मुलुकमा चोर बाटोबाट जाने अधिकांश नेपाली चेली दलालको फन्दामा फस्ने गरेका छन् । बोर्डर नाका काकरभिट्टा देखि बागडोगरा एयरपोर्टबाट सिधै दिल्ली हुदैं खाडी मुलुकहरुमा दलालहरुले पुर‌्याउँछन् । सुरुमा विभिन्न लोप लालच प्रलोभन देखाउँछन् ठगहरुले, यसमा प्रायजसो नेपाली दलालकै हात हुन्छ ।

एक नेपालीले अर्को नेपालीलाई सेटिंङमा खुलेआम ठग्छन् । दुबईमा विशेष ठूलो दलालले सम्पूर्ण चाँजोपाजो मिलाउँछ , उसले उतैबाट चेलीहरुसंग विविध तरिकाले सम्पर्क गर्छ । बिचौलियाको काम दिल्लीमा रहेर अर्को दलाली नेपालीले नै गर्ने गरेका छन् ।
दुःख पाएका श्रीमानबाट पीडित बनेका सम्पूर्ण किसिमले गाउँघरबाट अपहेलित चेलि दलालहरुको विशेष शिकार बन्न पुग्छन् । राम्रो कमाउँने शर्तमा फकाईफुल्याई पीडित चेलीलाई भिजिट भिसा मार्फत अधिकांशलाई खाडी मुलुक पुर्याईन्छ । होम मेडको काम धेरैले गर्ने मध्यको काम हो । यसमा ४५ हजार न्यूनतम देखि मासिक ८० हजारसम्म प्रत्येक महिना कमाई हुने गरेको छ ।

यसमा भने पुरुषले जान पाउँदैनन् । पुरुषको लागि यहाँ काम नै छैन । होम मेडको काममा पुरुष मालिकले सोझा सिधा नेपाली चेलीको अस्तित्व समेत लुटिरहेका छन् । बाध्यतावश समाजमा लाज हुने डर त्रासका कारण यस्ता पीडित भएका महिलाले भित्र भित्रै दबाउँछन् । परिणाम दलालको मनोबल आज उच्च बढ्नाले नै थुप्रै नेपाली चेलीलाई लाखौं ठगी गर्दे यौन प्यास समेत मेटाउन पुग्दछन् । सबैको हकमा भने यो लागू हुदैन ।

संघर्ष गर्ने चलाखले मज्जाले जेनतेन काम गर्न सफल भएका उदाहरण पनि छन् । मोरंग, सुनसरि, झापा, ईलाम, ताप्लेजुङ, लगायतका जिल्लाका ग्रामीण भेगका महिलाहरु अत्यधिक पीडित बनिरहेका छन् । काकरभिट्टा नाका हुदै बागडोगरा एयरपोर्टबाट दिल्ली पुर्याएको अलग्गै १० हजार देखि २० हजार सम्म लिने समेत खुलेको छ । बीचमा लाग्ने होटलको खर्च पनि सम्पूर्ण स्वयंले बहोर्नुपर्ने हुन्छ । विवाहीत ३० बर्ष नाघेका महिलाले नै जोखिम उठाएर दलाल मार्फत विदेश सयर गर्ने गरेका छन् । ३ महिनाको लागि भनेर सुरुमा भिजिट भिसा दिल्लीबाटै मिलाईन्छ । त्यसपछि कम्तिमा २ बर्षको वर्किङ भिसा काम गर्ने सम्बन्धित मुलुकबाटै दलालले लाखौं कुम्ल्याई मिलाईहाल्छन् ।
कामको हकमा सम्पूणले भनेजस्तो चाहिँ पटक्कै पाउँदैनन् । केहिको हकमा राम्रो हुन्छ भने अधिकांशले दुःख नै भोग्दछन् । एक दलालकै भनाईलाई आधार मान्ने हो भने यस संजालमा मन्त्रीसम्मकै संलग्नता हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]