१६ साउन २०८२, बिहिबार
31-07-2025 , Thu
Gold Silver Price (11 shrawan 2082, Sun)
Fine Gold 1 Tola NRs. 194100
Silver 1 Tola Nrs. 2305

बिराटनगरमा महिलामैत्री शौचालयको अभाव

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

बिराटनगर, जेष्ठ १०
निरज बस्नेत
बिराटनगर महानगरपालिकामा महिलामैत्री शौचालयको अभाव छ । बिराटनगरको मुटुमा रहेको ट्राफिक चौकमा दुर्गन्धित सार्वजनिक शौचालय छ, जहाँ महिलालाई शौच गर्न असहज हुन्छ । दिसा पिसाब गरेको समेत महानगरपालिकाले शूल्क उठाउँछ ।

नागरिकसँग कर उठाउन कुनै ठाउँ स्थानीय सरकारले छोडेको छैन । पूरानो गुद्री बजारमा छिर्ने बितिकै ह्रवास्स गन्हाउँने अर्को पब्लिक ट्वाईलेट छ । यसमा त छरपष्ट गु को भण्डार छ । कोहि छिर्नासाथ गु मै चिप्लेर लड्छ ।

बिराटनगर बसपार्कमा अव्यवस्थित सार्वजनिक चर्पी छ, जहाँ पस्न कुनै युद्ध जिते बराबर हुन्छ । बिराटनगरको हाटखोलामा चाहीँ राम्रै पब्लिक रेष्ट रुम रहेको छ । यसको तारिफ गर्नुपर्ने हुन्छ । यो चाहीँ महिलामैत्री भन्नुपर्छ ।

बिराटनगर महानगरपालिकाको नगर उपप्रमुख भएर नेकपा एमालेकी शिल्पा कार्की आएकी छिन् । अब यो मामलामा शिल्पाको ध्यान जानै पर्दछ । महिला भएको आधारमा समेत उनको यसतर्फ क्विक रेस्पोन्स देखिनैपर्दछ । प्रदेश १ को राजधानी एवं यसै प्रदेशको एक मात्र महानगरपालिका बिराटनगरमा महिलामैत्री शौचालय निर्माण नहुनु लज्जाको बिषय हो । जनतासँग शौच गरेको समेत शूल्क उठाउन अबिलम्व बन्द गरिनुपर्दछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१३ साउन । विराटनगरकी सृजा पोखरेल् एनआरएनए अस्ट्रेलिया स्थित तास्मानिया नारी निकुञ्जको महिला संयोजकमा विजयी भएकी छन् । तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँन भन्दै उम्मेदवारी दिएकी पोखरेल विजयी बन्न सफल भएकी हुन्। नेपालबाट २०१८ मा तास्मानिया पुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय […]

विराटनगर, ११ साउन ।  कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सञ्चालन गरेको विशेष अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। असार मसान्तसम्म प्रदेशका सबै जिल्लाहरूबाट जम्मा ३,५१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लागत विवरणअनुसार मोरङबाट १,१५६ जना, सुनसरीबाट १,००२ जना, झापाबाट ५३४ जना, उदयपुरबाट २६० जना, इलामबाट १४६ जना, ओखलढुंगाबाट […]

सोलुखुम्बु, साउन ६। थुलुङ दुधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले खुट्टा भाँचिएर घरमै थला परेकी एक दलित महिलाको आफैं मोटरसाइकलमा राखेर उद्धार गरेका छन्। करीव ४२ वर्षीय कुमारी नेपालीलाई दुई दिनअघि काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहेको स्थानीयले जानकारी गराएपछि मंगलवार वडाध्यक्ष बस्नेत […]