२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

बिराटनगरमा महिलामैत्री शौचालयको अभाव

Logo

बिराटनगर, जेष्ठ १०
निरज बस्नेत
बिराटनगर महानगरपालिकामा महिलामैत्री शौचालयको अभाव छ । बिराटनगरको मुटुमा रहेको ट्राफिक चौकमा दुर्गन्धित सार्वजनिक शौचालय छ, जहाँ महिलालाई शौच गर्न असहज हुन्छ । दिसा पिसाब गरेको समेत महानगरपालिकाले शूल्क उठाउँछ ।

नागरिकसँग कर उठाउन कुनै ठाउँ स्थानीय सरकारले छोडेको छैन । पूरानो गुद्री बजारमा छिर्ने बितिकै ह्रवास्स गन्हाउँने अर्को पब्लिक ट्वाईलेट छ । यसमा त छरपष्ट गु को भण्डार छ । कोहि छिर्नासाथ गु मै चिप्लेर लड्छ ।

बिराटनगर बसपार्कमा अव्यवस्थित सार्वजनिक चर्पी छ, जहाँ पस्न कुनै युद्ध जिते बराबर हुन्छ । बिराटनगरको हाटखोलामा चाहीँ राम्रै पब्लिक रेष्ट रुम रहेको छ । यसको तारिफ गर्नुपर्ने हुन्छ । यो चाहीँ महिलामैत्री भन्नुपर्छ ।

बिराटनगर महानगरपालिकाको नगर उपप्रमुख भएर नेकपा एमालेकी शिल्पा कार्की आएकी छिन् । अब यो मामलामा शिल्पाको ध्यान जानै पर्दछ । महिला भएको आधारमा समेत उनको यसतर्फ क्विक रेस्पोन्स देखिनैपर्दछ । प्रदेश १ को राजधानी एवं यसै प्रदेशको एक मात्र महानगरपालिका बिराटनगरमा महिलामैत्री शौचालय निर्माण नहुनु लज्जाको बिषय हो । जनतासँग शौच गरेको समेत शूल्क उठाउन अबिलम्व बन्द गरिनुपर्दछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]