०२ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

जनताको काम आलटाल नगरी गर्न कर्मचारीलाई अध्यक्ष चौधरीको निर्देशन

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

विराटनगर, जेठ १०
स्थानियवासीको कुनै पनि काम गर्न आलटाल नगर्न कटहरी गाउँपालिका अध्यक्ष देवराज चाैधरीले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सोमबार कटहरीे गाँउपालिकाको सभाकक्षमा आयोजित सपथग्रहण कार्यक्रलाई सम्बोधन गर्दै उपस्थित जनप्रतिनिधि तथा कर्मचारीलाई अध्यक्ष चौधरीले सो निर्देशन दिनु भएको हो ।
चौधरीले विभिन्न कामका सिलसिलामा गाँउपालिका आएका नागरिकहरुलाई आलटाल नगरी सम्भब भएसम्म हुने काम तत्काल गरिदिन कार्मचारीहरुलाई सुझाउनु भयो ।

सामान्य कामको लागी गाउँपालिका आएका सेवाग्राहीलाई विविध कारण देखाएर लामो समयसम्म झुलाउने कर्मचार्य–प्रवृतिलाई आफुले कदाचित नसहने चौधरीले कार्यक्रमको क्रमै स्पष्ट पार्नुभयो । यदि हुनै नसक्ने काम छ भने तत्काल सम्बन्धित सेवाग्राहीलाई यथेष्ठ कारण दिएर मात्र पठाउन कर्मचारीहरुलाई अध्यक्ष चौधरीले सुझाउनु भयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]