कांग्रेस केन्द्रीय सदस्य पराजुली मूल्यवृर्द्धिको विरोध गर्दै सडकमा
प्रकाशित मंगलबार, जेठ १०, २०७९
विराटनगर,१० जेठ
मूल्य बृद्धिको विरोधमा विराटनगरमा विरोध प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समाजको कार्यक्रम भनिएपनि सत्ता पक्षका स्थानिय तथा केन्द्रीय नेताहरु समेतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली मूल्य बृद्धिको विरोधमा सडकमै उत्रिएका छन् । नागरिकको जनजिविकाको सवालमा जसले गलत काम गरे पनि त्यो सच्याउनुपर्नेमा केन्द्रीय सदस्य पराजुलीको भनाइ थियो । उनले मूल्य वृद्धि तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले पार्टीको तर्फबाट नभइ स्वतन्त्र नागरिकको हैसियतमा आफुहरु सडकमा आएको बताए ।
यस्तै स्वतन्त्र नागरिक समाजका संयोजक तथा कांग्रेस युवा नेता अरुण न्यौपानेको संयोजनमा भएको कार्यक्रममा स्थानिय अभियन्ता तथा कांग्रेसका युवानेताहरु प्रविन जोशी, लिला ढुङेल, राजु तामाङ,बद्री सरदार,मनोज कार्की,विनायक पन्त ,तुलसी दुलाल लगायत विराटनगरका विभिन्न नागरिक समाजका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।
विराटनगर, असार १८ । विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ। […]
काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]
मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]