कांग्रेस केन्द्रीय सदस्य पराजुली मूल्यवृर्द्धिको विरोध गर्दै सडकमा
विराटनगर,१० जेठ
मूल्य बृद्धिको विरोधमा विराटनगरमा विरोध प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समाजको कार्यक्रम भनिएपनि सत्ता पक्षका स्थानिय तथा केन्द्रीय नेताहरु समेतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली मूल्य बृद्धिको विरोधमा सडकमै उत्रिएका छन् । नागरिकको जनजिविकाको सवालमा जसले गलत काम गरे पनि त्यो सच्याउनुपर्नेमा केन्द्रीय सदस्य पराजुलीको भनाइ थियो । उनले मूल्य वृद्धि तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले पार्टीको तर्फबाट नभइ स्वतन्त्र नागरिकको हैसियतमा आफुहरु सडकमा आएको बताए ।
यस्तै स्वतन्त्र नागरिक समाजका संयोजक तथा कांग्रेस युवा नेता अरुण न्यौपानेको संयोजनमा भएको कार्यक्रममा स्थानिय अभियन्ता तथा कांग्रेसका युवानेताहरु प्रविन जोशी, लिला ढुङेल, राजु तामाङ,बद्री सरदार,मनोज कार्की,विनायक पन्त ,तुलसी दुलाल लगायत विराटनगरका विभिन्न नागरिक समाजका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।
काठमाडाैं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]
विराटनगर, जेठ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]