२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

कटहरीको शान्तिसुरक्षा चुस्त बनाउन पहल

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९

विराटनगर, जेठ १४
कटहरी गाँउपालिकाको अध्यक्ष देवराज चौधरीले कटहरीको शान्ति–सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाउन जिल्ला प्रहरी कार्यलय माेरङका प्रमुख उपरिक्षक शान्तिराज कोईरालासमक्ष पहल गर्नुभएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगरमा भएको औपचारिक भेटघाटमा अध्यक्ष चौधरीले उपरिक्षक कोईरालालाई गाँउपालिकाको शान्ती शुरक्षाबारे जानकारी गराउनु भएको थियो । भेटमा अध्यक्ष चौधरीले गाँउमा प्रहरीको प्ररिचालन बढाउन आग्रह गर्दै हुन सक्ने संभावित अपराधलाई न्युनिकरण गर्न सुझाव दिनुभएको थियो ।
गाँउमा हुने झैंझगडा, गुण्डागर्दी, होहल्ला र चोरी जस्ता अपराधजन्य क्रियाकलापलाई निश्क्रिय पार्न गाँउपालिकाको तर्फबाट प्रहरीलाई प्रयाप्त सहयोग मिल्ने चौधरीले आसवासन समेत दिनुभएको थियो ।
जवाफमा प्रहरी उपरिक्षक कोईरालाले जिल्लाको सुरक्षा–व्यवास्थलाई सुदृण र बलियो बनाउन आफु सधै कटिबद्ध रहेको बताउनु भयो । गाँउपालिकामा प्रहरीे शंख्या कम रहेतापनि भैपरिको लागी ब्याकअपमा सुरक्षाकर्मी प्रयाप्त राखिएको उपरिक्षक कोईरालले आस्वस्त पार्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]