२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

कटहरी गाँउपालिका अध्यक्ष चौधरी ओमकार परिवारबाट स्वागत–सम्मानित

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

कटहरी, जेठ १५
ओमकार ध्वनी परिवार नामले परिचित विराटनगरको बह्माकुमारी राजयोग सेवा केन्द्रले मोरङको कटहरी गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष देवराज चौधरीलाई स्वागत सम्मान गरेको छ ।

विराटनगरस्थित बह्माकुमारी सेवा केन्द्रले शनिवार आफ्नै भवनमा रहेको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित अध्यक्ष चौधरीलाई स्वागत सम्मान गरेको हो । विराटनगर केन्द्रको तर्फबाट प्रमुख बह्मकुमारी गिताले अध्यक्ष चौधरीलाई फुलमाला, खादा तथा ओमकार ध्वनी प्रतिविम्वित स्वर्ण पत्रले स्वागत सम्मान गर्नु भएको थियो ।

सम्मान ग्रहण पश्च्यात कार्यक्रममा उपस्थित ओमकार परिवारलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले ओमकार परिवार र बह्कुमारी संगठनले गरेको कामको मुक्तकठंले प्रसंशा गर्नुभयो । वँहाले ध्यान र साधानको माध्यमबाट समाजलाई स्वच्छ, स्वास्थ्य र शिक्षित बनाउन ओमकार परिवारले ठुलो भुमिका खेलेको जिकिर समेत गर्नुभयो ।

बह्कुमारी एक आध्यात्मिक शिक्षण संस्था हो जसमा ध्यान र साधानाको मार्फत अनुयायीहरुलाई प्रशिक्क्षित गराईन्छ । यो संस्थाको केन्द्रहरु नेपाल तथा भारतका विभिन्न सहरहरुमा छन् । यसको केन्द्रहरु विभिन्न तेस्रो मुलुकहरुमा समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]