०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

कटहरीका विद्यालय नियमित अनुगमन गर्न निर्देशन

Logo

दिनेश खड्का

विराटनगर, जेठ १९

कटहरी गाँउपालिकाकोे अध्यक्ष देवराज चौधरीले कटहरीको विद्यालयहरुमा नियमति अनुगमन गर्न कर्मचारी तथा प्रधानाध्यापकलाई निर्देशन दिनुभएको छ । साथै सबै वडा अध्यक्ष तथा अभिभावकहरुलाई समेत यस कार्यमा सघाँउन वहाँले अनुरोध गर्नुभएको छ ।

चौधरीले अध्यक्षको पदभार ग्रहण गरेदेखिनै कटहरीको शैक्षिक गुणस्तर वृद्धि गर्ने विषयमा हरेक दिन सरोकारवालासँग छलफलमा जुट्दै आउनु भएको छ । मंगलबार मात्र वँहाले कटहरीको विभिन्न विद्यालयको प्रधानाध्यापकसँग भेटघाट गरी शैक्षिक गुणस्थर कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको थियो । सोही क्रममा वँहाले विद्यालयको नियमित अनुगमन गर्र्न समेत कर्मचारी तथा प्रधानाध्यापकलाई निर्देशन दिनुभएको थियो ।

अध्यक्ष चौधरीले विद्यालयमा नियमित अनुपस्थित हुने वा समयअगवै नपढाई विद्यालय छोड्ने शिक्षकलाई शख्त कारवाही गर्ने कार्यक्रममै चेतावनी समेत दिनु भएको थियो । कटहरीको शैक्षिक गुणस्थर वृद्धि गर्ने विषयमा अध्यक्ष चौधरी त्यहाँका जनप्रतिनिधिहरुसँग दैनिक छलफलमा समेत जुटिराख्नु भएको छ ।

अध्यक्ष चौधरीले मंगलबारै कार्यपालिका सदस्यको सपथ ग्रहण पश्च्यात सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई आफ्नो क्षेत्रमा रहेको विद्यालयको अनुगमन गर्न अख्तियारी समेत प्रधान गर्नुभयो । वहाँले विपक्षी नेताहरुलाई समेत गाँउको विद्यालय सुधार तथा शैक्षिक गुणस्तर वृद्धिको सवालमा सहयोग गर्न अग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]