२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

बिराटनगरमा लिची बेचुवाको ठगीधन्दा

Logo

विराटनगर, जेष्ठ २९
निरज बस्नेत

बिराटनगरमा यतिबेला लिची आतंक चलिरहेको छ । शहरभरि लिची व्यापारीको मेला लागिरहेको छ । केहि अपवादलाई छाडेर प्रायः ले ठगीधन्दा मच्चाईरहेका छन् ।
५० पिस लिचीको रु १ सय ५० लिन्छन् । हिसाब गर्दा प्रतिगोटा रु ३ पर्छ । यसमा अक्सर ५० पिस लिची भनिएकोमा ३० देखि ४० पिस मात्र हुन्छ ।लिची खरिदकर्ता बडो चनाखो हुनु जरुरी देखिन्छ । बिराटनगरका धेरै ठाउँमा लिची आजभोली छ्याप्छ्याती सहजै किन्न पाईन्छ । यहि मौकाको फाईदा ठग ब्यापारीहरुले उँठाउछन् ।

लिची किन्न जाँदा पैसा तिरे मुताविकको मज्जाले गिन्ती गरेर जानुपर्ने जरुरी हुन्छ । अब कुरा के आउँछ भने मान्छेको व्यस्तताका बावजुद बजारमा लिची किन्दा एक एक वटा गनेर लिनपनि साध्य नहोला, तरपनि पैसा तिरिसकेपछि अलिकता धैर्यता राखेर गनेर लिदा उपयुक्त हुन्छ ।
त्यसमाथि कति त बिग्रेको, कुहिएको समेत हुलमुलमा हालिदिन्छन् । कुरा के टड्कारो प्रश्न सहित उठ्छ भने सामान्य कुरा भनि अनुगमन गर्ने सम्बन्धित निकाय किन यतिसारो बजारप्रति अनुदार छन् । आम जनता दिनदिनै ठगीरहँदा समेत कुनचाहीँ दुलोमा लुकिबसेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]