२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बिराटनगरमा लिची बेचुवाको ठगीधन्दा

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

विराटनगर, जेष्ठ २९
निरज बस्नेत

बिराटनगरमा यतिबेला लिची आतंक चलिरहेको छ । शहरभरि लिची व्यापारीको मेला लागिरहेको छ । केहि अपवादलाई छाडेर प्रायः ले ठगीधन्दा मच्चाईरहेका छन् ।
५० पिस लिचीको रु १ सय ५० लिन्छन् । हिसाब गर्दा प्रतिगोटा रु ३ पर्छ । यसमा अक्सर ५० पिस लिची भनिएकोमा ३० देखि ४० पिस मात्र हुन्छ ।लिची खरिदकर्ता बडो चनाखो हुनु जरुरी देखिन्छ । बिराटनगरका धेरै ठाउँमा लिची आजभोली छ्याप्छ्याती सहजै किन्न पाईन्छ । यहि मौकाको फाईदा ठग ब्यापारीहरुले उँठाउछन् ।

लिची किन्न जाँदा पैसा तिरे मुताविकको मज्जाले गिन्ती गरेर जानुपर्ने जरुरी हुन्छ । अब कुरा के आउँछ भने मान्छेको व्यस्तताका बावजुद बजारमा लिची किन्दा एक एक वटा गनेर लिनपनि साध्य नहोला, तरपनि पैसा तिरिसकेपछि अलिकता धैर्यता राखेर गनेर लिदा उपयुक्त हुन्छ ।
त्यसमाथि कति त बिग्रेको, कुहिएको समेत हुलमुलमा हालिदिन्छन् । कुरा के टड्कारो प्रश्न सहित उठ्छ भने सामान्य कुरा भनि अनुगमन गर्ने सम्बन्धित निकाय किन यतिसारो बजारप्रति अनुदार छन् । आम जनता दिनदिनै ठगीरहँदा समेत कुनचाहीँ दुलोमा लुकिबसेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]