३० कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

बदनाम जनप्रतिनिधि निकम्मा कर्मचारी

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

बिराटनगर, जेष्ठ २९
निरज बस्नेत
भर्खरै स्थानीय निकाय निर्वाचन सम्पन्न भएको छ । मुलुकभरका ७ सय ५३ स्थानीय तहमा यतिबेला नवनिर्वाचित जनप्रतिनिधिहरुको राम्रै चहलपहल शुरु भईसकेको छ । प्राय स्थानीय निकायमा नयाँ अनुहार छन् । केहीमा पूरानैले बाजी मारेका छन् । यसपाली स्वतन्त्र उम्मेदवारको गज्जबको ट्युनिङ मिलेको देखिन्छ ।

काठमाडौंमा बालेन साहको स्वतन्त्रबाट जित हुनु, धरानमा स्वतन्त्रकै हर्क साम्पाङको जित हुनुले समेत ठूला दलहरुलाई गतिलै सबक सिकाएको छ । अबपनि ठूला भनिएका दलहरुको बेलैमा बुद्धि पलाएन भने आगामी दिनमा धेरै अप्ठ्यारो पर्नसक्छ ।

चुनावताका विभिन्न पार्टीका नेताहरुले यो त्यो बहानामा मत आफुतर्फ आकर्षित गर्न अनेक हतकण्ठा अपनाउँदै थुप्रै वाचाहरु गरेका छन् । आम मतदाताप्रतिको ईमान्दिारिता अब व्यवहारतः पूरा क्रमशः काम गर्ने समय शुरु भईसकेको छ । यसमा दलका नेताहरुले पूरानै उही भ्रष्ट केही कर्मचचारीसंग मिलेर नीतिगत रुपमै भ्रष्टचारमा लिप्त हुन तर्फ अग्रसर रहेभने जनताले कठालो समात्ने दिन नआउँला यसै भन्न सकिन्न ।

हिजोका दिनमा धेरै जनप्रतिधिहरु यसैपनि आर्थिक अनियमिततामा मुछिएर बदनाम भईसकेका छन् । यस मामलामा निकम्मा केहि कामचोर कर्मचारीको मिलेमतो भएकै हुन्छ ।
स्थानीय तहमा दलका नेताहरुले चुनावताका बेलामा आम मतदातालाई आफु केन्द्रित आकर्षित गर्न अझ भनौं आफ्नो जित सुनिश्चित गर्न पैसा भरपूर खर्च गरेका हुन्छन् । जब पैसाकै बलमा चुनाव जित्छन्, आफ्नो लागेको लगानी अवश्य उठाउँछन् । यो स्वभाविक पनि हुनजान्छ ।

कसैलेपनि आफुले गरेको लगानी शतप्रतिशत भन्दा बढि उठाउने योजना नै बनाएको हुन्छ । हो, यहीनिर राजनीति फाहोरी खेल बनिदिन्छ । राजनीति पवित्र उद्धेश्यले नभई फाईदाको हिसाबले गरेको पाईन्छ । यतिमा मात्र सिमित नभई आफ्ना आसेपासेलाई सेटिंङमा ठूलाठूला परियोजना पार्ने अनि पर्सनल कमिशन लगायत अन्य थुप्रै शिर्षकमा पैसा झ्वाम्मै पार्ने, यो सब कुकर्ममा कर्मचारीको धेरै हदसम्म मिलेमतो हुन्छ ।

करारमा काम गर्ने कर्मचारी भन्दा यसमा लोकसेवा पास गरी खारिएर काम गर्न सक्ने एक्स्पर्टकै बढी संलग्नता भएको पाईन्छ । यो एकदमै दुःखद विषय हो । आम सेवाग्राहीको काम जतिसक्दो ढिला गर्ने परिपाटीले गर्दा आज स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि बदनाम त छदैछन् । झन् बढी कर्मचारी निकम्मा प्रमाणित हुदैछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]