२१ कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

मिस नेपाल छनौटको गलत तरिका

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९

बिराटनगर, जेष्ठ ३०
निरज बस्नेत
मिस नेपाल प्रतियोगिता २०२२ को संस्करणको ग्राण्ड फिनाले यही असार ४ गते हुदैछ । ललितपुरको गोदावारीमा अन्तिम प्रतिष्पर्धाका लागि अविवाहीत सुन्दरीहरु उत्रिदैछन् ।
देशभरिका केहि शहर केन्द्रित अडिसनको भरमा प्रतियोगिता हरेक बर्षझै यसपालि पनि हुदैछ ।

ब्युटी विथ ब्रेनको स्लोगन राखिएको यो प्रतियोगिता बर्षनी द हिडन ट्रेजरको आयोजनामा हुने गरेको छ । मिस नेपालको ट्याग भिरेपछि उक्त सुन्दरीले अर्को मिस नेपाल घोषणा नहुन्जेल कुनै पुरुषसंग विवाह गर्न पाउँदिनन् । महिलाभित्र रहेको प्रतिभा बाहिर निकाल्ने प्लेटफर्मको रुपमा मिस नेपाल प्रतियोगिता आयोजना गरेको दाबी आयोजक संस्थाको छ ।

यस मिस नेपाल प्रतियोगिता छनौट प्रक्रिया नै गलत भएको कतिपयको बुझाई छ । आयोजकले प्रतियोगिताको नाममा विविध किसिमको शोषण गर्ने गरेको गुनासो स्वयम् प्रतिष्पर्धी युवतीहरु बताउँछन् । विभिन्न संघ संस्था देखि लिएर अधिकारकर्मीहरुको बर्षेनी विरोधका स्वरहरु मुखरित हुने गरेका छन् ।

यतिका विरोध त छदैछ । वहालवाला कतिपय मन्त्रि, सांसद देखि पूर्व उच्चपदस्थ ओहोदामा बसेका समेतको चर्को विरोध भएको पाईन्छ । सबै क्षेत्रबाट यतिका विरोधका आवाज हुदाहुदै किन त मिस नेपाल प्रत्येक बर्ष बडो तामझामका साथ हुन्छ । केहि सिमित व्यक्ति बिशेष फाईदा केन्दितका रुपमा मिस नेपाल लगायत अन्य कयौं सुन्दरी प्रतियोगिताको गर्ने गरिएको देखिन्छ ।

ग्रामिण, पहाडी भेगका होनहार महिलाहरुलाई नसमेट्नु पनि आयोजकको बदमासी मान्न सकिन्छ । ९ महिना केहि पूर्व तयारी नगर्नु बाँकी ३ महिनामा हतारहतार गर्नुले यसप्रति आयोजक गैरजिम्मेवार भएको देखिन्छ ।

समय समयमा सुन्दरी प्रतियोगिताकै भरमा बर्षोसम्म यौन शोषण गरेको समाचार बाहिरिनुले हाम्रा चेली कति असुरक्षित छन् , घटनाक्रमले पुष्टि गरेका छन् । अतः आगामी दिनमा यस्ताखाले सुन्दरी प्रतियोगिताले वास्तवमा नै ब्युटी विथ व्रेन नै जन्माओस् ।

अन्तमा छनौट प्रतियोगिता सही मानेमा गलत नभई सहि होस् । मिस नेपाल २०२२ का प्रतिष्पर्धी २४ जनालाई शुभकामना ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]