१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ग्रामथान गाउँपालिकामा मनपर्दी

Logo

विराटनगर, असार ९
निरज बस्नेत
मोरङको पूर्व उत्तरतर्फ रहेको ग्रामथान गाउँपालिकामा मनपर्दी भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको छोराको कुकृत्यलाई ढाकछोप पारिएको छ । प्रदेश१ को१झ ५७८ नं. को सरकारी गाडीमा पालिका अध्यक्ष जयप्रकाश गच्छदारका एक्ला छोरा ज्योती गच्छदारले तोडफोड गरेका छन् ।
मंगलवारको यस घटनालाई बुधवार सर्वपक्षीय छलफल राखेर माफी दिईएको छ । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी दिईएको रिसको झोकमा ज्योतीले सरकारी गाडीमा क्षति पुर्याएका थिए ।
गर्ने बेलामा मनलाग्दी गर्ने अनि माफी दिने यो गलत परिपाटीले भोलीका दिनमा आम गाउँपालिकावासीले निर्वाचित जनप्रतिधिबाट खै के पो आशा गर्ने ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]