०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

कटहरीमा प्रहरी चौकी स्थापना

Logo

कटहरी, साउन २
मोरङको कटहरी गाउँपालिकामा पहिलो पटक भौतिक संरचना सहित प्रहरी चौकीको स्थापना गरिएको छ । गाँउपालिकाको कार्यालय भित्रै रहेको एक भवनलाई प्रयोग गरि कटहरीमा प्रहरी चौकीको स्थापना गरिएको हो ।

सोमबार गाउँपालिका अध्यक्ष देवराज चौधरी र मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले संयुक्त रूपमा सो चौकीको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले नवस्थापित कटहरी प्रहरी चौकीले जनतामा शान्तिसुरक्षा प्रत्याभुति गराउने आश्वासन व्यक्त गरे । घर गाँउमै प्रहरी चौकी भएपछि अपराधिक क्रियाकलाप तथा घटनाहरुपनि क्रमस घट्दै जाने अध्यक्ष चौधरीले बताए ।

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले शान्तिसुरक्षा स्थापित गराउन प्रहरीको मात्र नभएर स्थानीवासीको पनि महत्वपूर्ण भुमिका रहने धारणा व्यक्त गरे । स्थानीयहरुले स्वतःस्फूर्त रुपमा कानुनको पालना गरे प्रहरी प्रसाशनको कतैपनि आवश्यक्तै नपर्ने उनको तर्क छ ।

त्यस्तै कार्यक्रममा बोल्दै मोरङका प्रहरी प्रमुख उपरिक्षक शान्तिराज कोईरालाले शान्ती सुरक्षा स्थानीयको सल्लाह र सहभागित मात्रै सुदृढ हुने तर्क गरे । स्थानीयहरुले कानुनको पालाना गर्ने सावालमा प्रहरीसँग सहकार्य गरे मात्र सुरक्षित समाज स्थापना हुने काईरालाको भनाई थियो ।
नवस्थापित कटहरी प्रहरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक दल बहादुर कार्की रहेका छन् । कार्कीको कमाण्डमा चौकीमा ९ जनाको प्रहरी टोली खटाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]