२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

शेर्पा ब्राण्डका टायर सार्वजनिक

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९

विराटनगर, साउन २९

नेपाली टायर उद्योग ग्रिन टायर प्रालिले शेर्पा ब्राण्डको ‘एग्रिकल्चर टायर’ बजारमा ल्याएको छ । मोरङको कटहरी ४ मा रहेका सो उद्योगले शेर्पा ब्रान्डमा थप ६ प्रकारका टायर उत्पादन गरी बजार पठाएकाे हाे ।

उद्योगले विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी उक्त टायर बजारमा ल्याएको जानकारी गराएको छ । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र ग्रीन टायर उद्योग प्रा.लि.का प्रबन्धक निर्देशक विनित सिंघानियाले संयुक्त रुपमा टायर सर्वाजानिक समेत गरेका थिए ।

ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भूमि, सारथी मोडलका ठूला र साना टायरहरू उत्पादन सुरू गरिएको प्रबन्धक निर्देशक सिंघानियाले बताए । उनका अनुसार उच्च पहाडी भेगमा चल्ने ६० एचपीभन्दा बढीका, भित्री मधेस तथा सामान्य पहाडी भेगमा चल्ने ६० एचपीका र तराईमा चल्ने ३५ देखि ४५ एचपीका ट्र्याक्टरका साना र ठूला दुवैखाले टायरको उत्पादन यस उद्योगले थालेको हो।

शेर्पा टायर भारतमा उत्पादित विभिन्न ब्रान्डका ट्र्याक्टरका टायरका भन्दा १० देखि १५ प्रतिशतले सस्तो भएको कम्पनीको दाबी छ । र गुणात्कम हिसाबले पनि शेर्पा टायर अन्य भारतिय टायरहरु भन्दा अब्बल रहेको समेत कम्पनीको जिकिर छ ।

शेर्पा ब्रान्डका टायरमा काँटी गाडिने सम्भावना कम भएका, टायर हिलोमा नभासिने तथा नचिप्लिने, गहिरोमा पनि चलाउन सकिने र पन्चर हुने सम्भावना पनि कम भएको समेत कम्पनीको तर्फबाट बताईएको छ ।
उद्योगले २०७३ सालदेखि डेल्टा ब्रान्डमा मोटर साइकल र थ्री ह्विलरका टायरको उत्पादन गरेर आफ्नो व्यवसाय सुरु गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]