२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

राधाकृष्ण रथयात्रा भव्यताको साथ हुने

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

विराटनगर, साउन ३०
अन्ततः ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा भदौ ४ गते यहाँ भव्यताको साथ हुने भएको छ । यसअघिको ५२ औं र ५३ रथयात्रा कोभिडका कारण विधि धान्ने गरी मात्र निकालिएको थियो ।

यसपटक भव्य रुपमा रथ निकाल्न जनदवाव बढेपछि आयोजक समिति बाध्य बन्यो । सोमबार मुख्यमन्त्री राजेन्द्र राईले समेत रथ निकाल्ने सवालमा ग्रिन सिग्नल दिएपछि यसपटकको रथ भव्यताको साथ निकालिने पक्कापक्की भएको छ ।

के भन्छन् सिडिओ :

जिल्ला प्रशासन कार्यलय मोरगले रथ निकाल्न नदिएको भन्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहालविरुद्ध भक्तजनहरुले केहि दिनदेखि अभियाननै चलाएका थिए । तर प्रजिअ दाहालले भने आफू रथयात्रा निकाल्ने बर्खिलाफ कहिले नगएको संचारमाध्यममा बताएका छन् ।” हामीले केन्द्रको सर्कुलर अनुसार स्वास्थ्य मापदण्ड अपनाउन र सकेसम्म कम भिडभाग गर्न सुझाव मात्र दिएको हो ।” दाहालले भने “कोभिड संक्रमणको संख्या पछिल्लो समय पुनः बढ्दै गएकोले सर्तक हुन भनेका हौं, भारतबाट समेत भक्तजन आउने भएकोले जोखिम न्युनिकरण गर्न सुझाएका मात्र हौं “

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]