१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राधाकृष्ण रथयात्रा भव्यताको साथ हुने

Logo

विराटनगर, साउन ३०
अन्ततः ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा भदौ ४ गते यहाँ भव्यताको साथ हुने भएको छ । यसअघिको ५२ औं र ५३ रथयात्रा कोभिडका कारण विधि धान्ने गरी मात्र निकालिएको थियो ।

यसपटक भव्य रुपमा रथ निकाल्न जनदवाव बढेपछि आयोजक समिति बाध्य बन्यो । सोमबार मुख्यमन्त्री राजेन्द्र राईले समेत रथ निकाल्ने सवालमा ग्रिन सिग्नल दिएपछि यसपटकको रथ भव्यताको साथ निकालिने पक्कापक्की भएको छ ।

के भन्छन् सिडिओ :

जिल्ला प्रशासन कार्यलय मोरगले रथ निकाल्न नदिएको भन्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहालविरुद्ध भक्तजनहरुले केहि दिनदेखि अभियाननै चलाएका थिए । तर प्रजिअ दाहालले भने आफू रथयात्रा निकाल्ने बर्खिलाफ कहिले नगएको संचारमाध्यममा बताएका छन् ।” हामीले केन्द्रको सर्कुलर अनुसार स्वास्थ्य मापदण्ड अपनाउन र सकेसम्म कम भिडभाग गर्न सुझाव मात्र दिएको हो ।” दाहालले भने “कोभिड संक्रमणको संख्या पछिल्लो समय पुनः बढ्दै गएकोले सर्तक हुन भनेका हौं, भारतबाट समेत भक्तजन आउने भएकोले जोखिम न्युनिकरण गर्न सुझाएका मात्र हौं “

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]