१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रथ ४ बजे निकालिदै

Logo

विराटनगर, भदौ ४
शनिवार अपराह्न ४ बजे विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट युगल जोडी राधाकृष्ण सवार रथ निकालिँदै छ । कोभिडका कारण अघिल्लो दुई वर्ष रथ यात्रा रोकिएको थियो । आयोजकका अनुसार कोभिडको जोखिम कायमै रहेकाले यस पटकको ५४औं रथयात्रा झाँकीरहित हुने छ ।

सुरक्षाको लागी नेपाल प्रहरीका ९ सय सुरक्षाकर्मी खटाईएको छ । यात्रामा हुने सक्ने सम्भावित चोरी तथा लुटपाटको र अपराधिक घटनालाई न्युनिकरण गर्न सादा पोसाकमा समेत प्रहरी खाईएको छ ।

राधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने रथ मुख्य बजार परिक्रमा गरी पुनः मन्दिरमै आएर अन्त्य हुने बताईएको छ । मन्दिरबाट निकालिने रथ ट्राफिक चोक–रोडशेष हुँदै महेन्द्र चोक–बरगाछीबाट घुमाइने समेत जानकारी प्राप्त भएको छ ।

उक्त रथयात्रा विराटनगरमा वि.स. १९८८ सालमा ‘खट’ यात्राको रूपमा निकालिदै आएको थियो । वि.स. २०२५ सालदेखि खटलाई रथमा परिणत गरि प्रत्येक वर्ष रथयात्रा निकालिँदै आइएको छ । यो रथयात्रा दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मानिन्छ तर सोे रथयात्रा अहिलेसम्म एसियाकै दोस्रो ठुलो हो वा होईन भन्ने विषयमा हालसल कुनै अनुसन्धान गरिएको छैन् । भारतको ओडियाबाट निकालिने जगननाथ रथ यात्रालाई साउथ एसियाको सबै भन्दा ठुलो रथयात्रा मानिन्छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]