१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

रथ ४ बजे निकालिदै

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

विराटनगर, भदौ ४
शनिवार अपराह्न ४ बजे विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट युगल जोडी राधाकृष्ण सवार रथ निकालिँदै छ । कोभिडका कारण अघिल्लो दुई वर्ष रथ यात्रा रोकिएको थियो । आयोजकका अनुसार कोभिडको जोखिम कायमै रहेकाले यस पटकको ५४औं रथयात्रा झाँकीरहित हुने छ ।

सुरक्षाको लागी नेपाल प्रहरीका ९ सय सुरक्षाकर्मी खटाईएको छ । यात्रामा हुने सक्ने सम्भावित चोरी तथा लुटपाटको र अपराधिक घटनालाई न्युनिकरण गर्न सादा पोसाकमा समेत प्रहरी खाईएको छ ।

राधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने रथ मुख्य बजार परिक्रमा गरी पुनः मन्दिरमै आएर अन्त्य हुने बताईएको छ । मन्दिरबाट निकालिने रथ ट्राफिक चोक–रोडशेष हुँदै महेन्द्र चोक–बरगाछीबाट घुमाइने समेत जानकारी प्राप्त भएको छ ।

उक्त रथयात्रा विराटनगरमा वि.स. १९८८ सालमा ‘खट’ यात्राको रूपमा निकालिदै आएको थियो । वि.स. २०२५ सालदेखि खटलाई रथमा परिणत गरि प्रत्येक वर्ष रथयात्रा निकालिँदै आइएको छ । यो रथयात्रा दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मानिन्छ तर सोे रथयात्रा अहिलेसम्म एसियाकै दोस्रो ठुलो हो वा होईन भन्ने विषयमा हालसल कुनै अनुसन्धान गरिएको छैन् । भारतको ओडियाबाट निकालिने जगननाथ रथ यात्रालाई साउथ एसियाको सबै भन्दा ठुलो रथयात्रा मानिन्छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]