२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

ए एण्ड जेड एजुकेशन सर्भिज संचालनमा

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

विराटनगर भदौ ६

ए एण्ड जेड एजुकेशन सर्भिसेजले आइतबारबाट शैक्षिक सेवा सुरु गरेको छ । विराटनगरस्थित हिमालय रोडमा सञ्चालनमा आएको उक्त एजुकेशन सर्भिसेजले हाल पिटिई, आईएलटिएल र कम्प्युटरको कक्षा संचालन गरेको छ ।

आईतबार लायन इन्द्र खत्रीले ए एण्ड जेड एजुकेशन सर्भिसेजको शुभारम्भ गरेका थिए । उक्त सन्टेरले आगामी दिनमा कन्सलटेन्सीको समेत काम गर्ने उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ए एण्ड जेडकी संचालीका अध्यक्ष कविता पाण्डेले जानकारी दिईन् ।

कार्यक्रममा गैर आवासीय संघ अष्ट्रेलियाका निवर्तमान अध्यक्ष केशव कँडेलले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान अपनाउनु पर्ने प्रक्रियाबारे जानकारी दिए । उनले भिसा प्रोसेसिङ, अष्ट्रेलियामा काम गर्दा अपनाउनु पर्ने प्रक्रियाहरुबारे पनि सहभागी विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा, प्रदेश १ लोकसेवा आयोगकी सदस्य सिमा अभास, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, शिक्षादीप कलेजका प्राचार्य ज्ञानेन्द्र खड्का, विकल्प गैर–मुनाफा कम्पनीका संचालक बसन्त अधिकारी लगाएत शैक्षिक क्षेत्रमा आवद्ध व्यक्तिव्वहरुको अपस्थिती रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]