१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जिटोको पहिलो अन्तर्राष्ट्रिय महिला शाखा विराटनगरमा गठन

Logo

दिनेश खड्का

विराटनगर, भदौ ६
जैन ईन्टरनेश्नल ट्रेड आर्गनाईजेशन (जिटो) को पहिलो अन्तर्राष्ट्रिय महिला शाखा (जिटो लेडिज विङ्स) विराटनगरमा गठन भएको छ ।

विराटनगर विङ्सकोे लागी सन्तोष जैनको अक्ष्यक्षतामा ३० सदस्यीय समिति गठन भएको छ । त्यसैगरी उपाध्यक्षद्वयमा शोभना दुगड र मीना गोल्छा, सचिव रोज धाडेवाल, सहसचिवद्वय मिनल तातेड र डा.नुतन नौलखा र कोषाध्यक्षमा सरिता गोल्छा चयन भएका छन् ।

आईतवार विराटनगरको होटल ह्यरिसनमा आयोजित जिटोको औपचारिक कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।
जैन महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागिता गराउनु जिटो लेडिज विङ्सको मुल उद्देश्य रहेको अध्यक्ष सन्तोष जैनले कार्यक्रममा बताईन् । नेपालमा कारिब २ हजार जैन परिवार छन् र ति परिवारहरुको महिला सदस्यहरुलाई समाजिक र आर्थिक रुपमा जागरुक बनाउन जिटो लेडिज विङ्सले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष जैनले प्रतिबद्धता समेत व्यक्त गरिन् ।

नेपालका पूर्व उद्योग राज्यमन्त्री मोति दुगड सहित जैन महिला विभाग भारतकी उपाध्यक्ष अधिवक्ता मिनलभरत खोना, सचिव शीतल दुगड, पूर्व क्षेत्रकी संयोजक ज्योती जैन र जिट्टो काठमाडौंका प्रमुख सचिव मनोज सेठियाको कार्यक्रममा उपस्थिति रहेको थियो ।
जिटोको भारत स्थापना भएको एक अन्तराष्ट्रिय संगठन हो । यसको मुख्यालय भारतको मुम्बाईमा छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]