१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

थलाहा स्वास्थ्य चौकीमा ल्याब सुचारु

Logo

कटहरी, भदौ १०

यहाँ गाँउपालिकाको थलाहा गाँउमा रहेको स्वास्थ चौकीमा ५० लाखको लगानीमा मेडिकल ल्याब संचालन गरिएको छ । सोमबार गाँपाका अध्यक्ष देवनारायण चौधरी , यँहाकै प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्य, कार्यपालिका सदस्य श्यम मण्डल र जीतनारायण सरदार लगाएतले रगत गरिक्षण गराएर सेवा शुभारम्भ गरेका थिए ।

गाँउमै ल्याब संचालनमा आएपछि स्थानीवासीहरुले स्वस्थ्य परिक्षणको लागी अन्यन्त्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यँहा ल्याब नहुँदा स्थानीहरु समान्य स्वास्थ्य परिक्षण गराउन पनि विराटनगर, रंगली वा अन्यन्त्रै धाउनु पर्ने बाध्यता थियो । गाँउपालिका अध्यक्ष चाैधरीले भने “हामीले न्युनत्तम शुल्क लिएर कटहरीबासीका लागी गाँउमै ल्याब सेवा संचालनमा ल्याएका छौ, अब स्थानीयहरुले चर्को मुल्य तिरी शहरमा गएर स्वास्थ्य परिक्षण गराउने बाध्यताको अन्त्य भएको छ ।”

ल्याब संचालनमा आएपछि थलाहा स्वास्थ्य चौकीले ५० विभिन्न प्रकारका परिक्षण गर्न सक्ने बताईएको छ । ल्याब महिलालाई सतप्रतिशत र ५ वर्षभन्दा मुनिका वालबालिका र ज्येष्ठ नागरिकलाई ७० प्रतिशत छुटमा सेवा प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत आचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]