०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रदेश १ साक्षर प्रदेश घोषित

Logo

विराटनगर, भदौ २३

प्रदेश १ लाई साक्षर प्रदेश घोषित गरिएको छ । यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत भन्दा बढी नगरिक साक्षर भएको समाजिक विकास मन्त्रायले जनाएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भए सो क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति छ ।
बिहिवार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले प्रदेशलाई साक्षर घोषणा गरेको हो । विराटनगरको आदर्श विद्यालयको प्रगणमा आयोजित एक कार्यक्रमविच प्रदेश १ का सभामुख प्रदीपक कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरेका हुन ।
मातृ भाषा लेख्न पढ्न आउने, अकंहरु चिन्ने, क्यालकुलेटर समान्य चलाउने जान्ने, भाउचर विवरण पढ्न जान्ने अदि क्षमतालाई साक्षरताको मापदण्ड मानिएको छ । प्रदेशका १४ जिल्लालाई यस अघि नै साक्षर घोषणा गरिएता पनि समग्र प्रदेशलाई औपचारिक रुपमा सक्षर घोषणा गर्न बाँकी थियो ।

प्रदेशका १४ जिल्लालाई यस अघि नै साक्षर घोषणा गरिएको थियो । प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुगम जिल्लाहरूमा साक्षरता प्रतिशत कम देखिएको छ । प्राप्त तथ्याङ्का अनुसार पाँचथरमा ९७ प्रतिशत साक्षर रहेका छन् । झापामा ९८।३३ प्रतिशत, धनकुटामा ९७ .५ प्रतिशत ओखलढुङ्गामा ९९.५ प्रतिशत, इलाममा ९७.६२ प्रतिशत, खोटाङमा ९६.५६ प्रतिशत, सुनसरीमा ९५.५ प्रतिशत मोरङ ९६.५ प्रतिशत रहेका छन् । यस्तै तेह्रथुममा ९५.९८ प्रतिशत, भोजपुरमा ९६.८प्रतिशत,उदयपुरमा ९५.३२ प्रतिशत, सखुवा सभामा ९५.६३ प्रतिशत ताप्लेजुङमा ९६.४५ प्रतिशत र सोलुखुम्बुमा ९६.७३ प्रतिशत प्रतिशत साक्षर रहेका छन् । प्रदेश १ को कुल साक्षरता ९६.७४ प्रतिशत रहेको छ ।
यो घोषणासँगै प्रदेश १ तेस्रो साक्षर प्रदेश बनेको छ । यसअघि वाग्मती र गण्डकी प्रदेशलाई साक्षर घोषणा गरिसकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]