१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एक्स्पो जुधाउने षड्यन्त्र छताछुल्ल

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९


विराटनगर, माघ २८

उद्योग संगठन मोरङकाे नेतृत्वले सिएनआई–एक्स्पोसँग जुध्‌ने गरी विराट–एक्स्पो आयोजना गर्ने तयारी गरिरहेको खुल्नमा आएको छ । सिएनआई–एक्स्पो २०२३को आयोजक नेपाल उद्योग परिसंघ, प्रदेश १ले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्स्पो जुधाउने षड्यन्त्रबारे भण्डाफोर गरेको छ ।

सम्मेलनमा परिसंघले माघ १९ गतेबाट सिएनआई–एक्स्पो शुरु गर्ने जानकारी दिएको छ । यता सिएनआईले खुलेआम पत्रकार सम्मेलन गरी एक्स्पोको मिति घोषणा गरिरहदाँ उता उद्योग संगठन मोरङले केही संचारमाध्यममार्फत माघ २६ गतेबाट विराट–एक्स्पो गराउने तयारी गरेकोबारे जानकारी गराएको छ ।

प्राप्त जानकारी अनुसार सिएनआई–एक्स्पो माघ १९ गते देखि २८ गते सम्म हुनेछ । उता उद्योग संगठनले मिति जुध्‌ने गरी माघ २६ गतेदेखि फागुन ०३ गतेसम्म विराट–एक्स्पो गराउने तयारी गरी रहेको बुझ्नमा आएको छ । यसोहुँदा दुवै एक्स्पो माघ २६, २७ र २८मा जुध्ने छन् ।

विराट एक्स्पो २०२३ गराउने जिम्मेवारी उद्योग संगठन मोरङका वर्तमान अध्यक्ष सुयश प्याकुरेलको काँधमा छ । त्यसैगरी विराटनगरमा पहिलो पल्ट हुन लागेको सिएनआई एक्स्पो आयोजना गर्ने जिम्मेवारी परिसंघका प्रदेश १का अध्यक्ष भिम घिमिरेको काँधमा छ । घिमिरे उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष समेत हुन् ।

संगठनको निर्वतमान अध्यक्ष रहदाँ पनि विराट एक्स्पो गराउने निर्णयको बारे आफुलाई जानकारी नदिएकोले एक्स्पो जुध्‌न पुगेको घिमिरेको भनाई छ ।  सिएनआई एक्स्पो २०२३ आयोजना गर्ने निर्णय तथा स्वीकृति लिने काम समेत भईसकेकाले अब मिति हेरफेर गर्न नसकिने घिमिरेले प्रष्ट पारेका छन् । उता उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुँडामणि भट्टराईले निवर्तमान अध्यक्ष घिमिरेलाई विराट एक्स्पो गराउने विषयमा जनकारी भए/नभएको आफुलाई थाहा नभएको बताएका छन् । “हामी (उद्योग संगठन मोरङ) विराट एक्स्पोको गर्ने तयारी गरिरहेका छौं , अरुअरु के के गर्ने तयारी गरिरहेका छन् यो हाम्रो चासोको विषय होइन” भट्टराईले भने ।

दुवै एक्स्पोलाई अन्तराष्ट्रिय एक्स्पोको भनिएको छ । सिएनआई एक्स्पो विराटनगरको विराट नर्सिङ होम देखि पुर्वपट्टि रहेको शंखरपुर खेलमैदानमा आयोजना गरिने छ भने विराट–एक्स्पो दुधफारम नजिकरहेको औधषी व्यवास्था विभाग आसपासको खाली चौरमा गरिने बुझनमा आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]