१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

आयो विश्वकर्मा पूजा

Logo

विराटनगर, भदौ ३१
निरज बस्नेत

फलामको देउता भनेर चिनिने प्रख्यात विश्वकर्मा बाबाको पूजाको लागी देश विदेशमा रहेका भक्तजनहरुले तामझामका साथ तयारी गरिरहेका छन् । प्रत्येक वर्ष १ असोजमा विश्वकर्मा बाबाको पुजा हुने गर्दछ ।
खासगरी फलाम लगाएतका धातु प्रयोग गरी काम गर्दै आएका उद्योगी तथा व्यवसायीले विश्वकर्म पुजालाई पर्वको रुपमा मनाउने गरेका छन् । तरपनि, पछिल्लो समयमा आएर धेरैले यो पुजालाई आत्मसात् गर्दे भव्य–सव्य पाराले मनाउदै आएको देखिन्छ ।

यस दिन उद्योग, कलकारखाना, पसल र घर–घरमा रहेका फलामजन्य औजारको विशेष पूजा गरिन्छ । परापूर्वकालदेखी नै विश्वकर्मा बाबालाई फलामको देउताको रुपमा चिनिएको हो । नेपालका सवैजसो फ्याक्ट्रीमा विश्वकर्मा पूजाको दिन कामदारहरुलाई विदा दिइन्छ । यसका अलावा विशेष प्रोत्साहन भत्ता समेत आफ्ना कर्मचारीलाई कतिपयले दिने गर्दछन् ।

फलामजन्य औजारले एकदिन भएपनि आराम मर्ने मौका पाउने दिनको रुपमा विश्वकर्मा पूजाको दिनलाई चित्रण गरिन्छ । यस दिन सवारीसाधनलाई भने बिहान धोएर पुजा गरी मात्र चलाउने गरिन्छ ।

विश्वकर्मा बाबाको पूजामा प्रसादको रुपमा बुनिया, भुजियाको प्रयोग अत्याधिक हुन्छ । यसका साथै फलार लगायत अन्य आफ्नो रुचि अनुसारको हुन्छ ।
आजभोली फ्याक्ट्रीहरुमा पुजारी बोलाएर हर्षोल्लासका साथमा नाचगान सहित विश्वकर्मा बाबाको पूजा गरिन्छ । विश्वकर्मा बाबाको मूर्तिको खपत धेरै हुने यो पूजामा मूर्तिकारहरुले मनग्य आम्दानी गर्दछन् । विश्वकर्मा पूजाको भोलिपल्ट पूजित मूर्तिलाई खोलामा लगि सेलाउने प्रचलन छ ।
पुष्पव्यवसायी, मिठाई पसल, फलफूल पसल, सजावटवालाहरुको यस दिन राम्रै व्यापार हुने गर्दछ । भगवानको पूजामा, मिठाईको अलावा, फलफूल, फूलको साथै सजावटका समान अनिवार्य आवश्यकता भईसकेको छ । यही पूजाका लागि भनेर, भारतबाट समेत यी सामाग्रीहरु ठुलो मात्रामा नेपाल भित्रिने गर्दछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]