१५ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

फार्मेसी उत्तरपुस्तिकाको २५ हजार मात्र

११ विद्यार्थी पक्राउ, सेटिङ मिलाउने फरार
Logo
प्रकाशित शनिबार, साउन ३२, २०७६

सुनसरी, श्रावण ३२
सुनसरी प्राविधिक कलेजको परीक्षामा अनियमितता भएको पार्ईएको छ । सीटीईभीटी अन्तर्गत सञ्चालित तीन वर्षे ‘डिप्लोमा इन फार्मेसी’को पहिलो वर्षर्को परिक्षामा उत्तर पुस्तिका फेरीएको पाईएपछि अनियमिता भएको खुल्न आएको हो ।
उक्त कोर्स अन्र्गतको भौतिकशास्त्र विषयको परीक्षामा उत्तर पुस्तिका फेरिएको पाइएपछि प्रहरीले ११ जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक पुरुषसहित १० जना महिला रहेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ढुण्डिराज न्यौपानेकाले जनाकारी दिएका छन् ।
अनुसन्धान क्रममा, सुनसरी कलेजका अध्यक्ष लेखिराज लिम्बुका पी.ए. बताउने किरणराज भण्डारीको संलग्नतामा उत्तर पुस्तिका साटिएको खुल्न आएको छ । पक्राउ परेका एक विद्यार्थी दिएको बयानका अनुसार भण्डारीले प्रति विद्यार्थी २५ हजार रुपैया लिएर उत्तर पुस्तिका मिलाइने डिल गरेका थिए ।
भण्डरीको संलग्ता खुलेपछि उनलाई पक्राउ गर्न जिल्ला अदालत, सुनसरीबाट पक्राउ पूर्जी समेत जारी भईसकेको छ । तर भण्डारी भने अहिले फरार छन् ।
सुनसरी प्राविधिक कलेजको परीक्षा केन्द्र धरान–१९ स्थित किरातेश्वर माविमा रहेका छ । साउन १७ गते सुरु भएको फार्मेसीको परीक्षा भदौ २२ मा सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]