१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

फार्मेसी उत्तरपुस्तिकाको २५ हजार मात्र

११ विद्यार्थी पक्राउ, सेटिङ मिलाउने फरार
Logo

सुनसरी, श्रावण ३२
सुनसरी प्राविधिक कलेजको परीक्षामा अनियमितता भएको पार्ईएको छ । सीटीईभीटी अन्तर्गत सञ्चालित तीन वर्षे ‘डिप्लोमा इन फार्मेसी’को पहिलो वर्षर्को परिक्षामा उत्तर पुस्तिका फेरीएको पाईएपछि अनियमिता भएको खुल्न आएको हो ।
उक्त कोर्स अन्र्गतको भौतिकशास्त्र विषयको परीक्षामा उत्तर पुस्तिका फेरिएको पाइएपछि प्रहरीले ११ जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक पुरुषसहित १० जना महिला रहेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ढुण्डिराज न्यौपानेकाले जनाकारी दिएका छन् ।
अनुसन्धान क्रममा, सुनसरी कलेजका अध्यक्ष लेखिराज लिम्बुका पी.ए. बताउने किरणराज भण्डारीको संलग्नतामा उत्तर पुस्तिका साटिएको खुल्न आएको छ । पक्राउ परेका एक विद्यार्थी दिएको बयानका अनुसार भण्डारीले प्रति विद्यार्थी २५ हजार रुपैया लिएर उत्तर पुस्तिका मिलाइने डिल गरेका थिए ।
भण्डरीको संलग्ता खुलेपछि उनलाई पक्राउ गर्न जिल्ला अदालत, सुनसरीबाट पक्राउ पूर्जी समेत जारी भईसकेको छ । तर भण्डारी भने अहिले फरार छन् ।
सुनसरी प्राविधिक कलेजको परीक्षा केन्द्र धरान–१९ स्थित किरातेश्वर माविमा रहेका छ । साउन १७ गते सुरु भएको फार्मेसीको परीक्षा भदौ २२ मा सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]