२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरमा खुलेआम लंगुरवूर्जा

Logo

विराटनगर, असोज ७
निरज बस्नेत
विराटनगरमा खुलेआम लंगुरवूर्जा (जूवा) खेलाईरहेको पाईएको छ । कानूनतः वर्जित लंगूरवूर्जा  विराटनगरको वरगाछीदेखि पश्चिमपट्टी चाँदनी चोक नजिककाे सडकपेटीमा खुलेआम खेलाई रहेकाे भेटीएकाे हाे । यहाँ बेलुका ५ बजेदेखि शुरु हुने लंगुरवूर्जा रातकाे ९ बजेसम्म चल्ने गरेकाे छ ।

शहरकै ठुलाे चाेकमा गनिने बारगाछी-चाँदनीचाेक एरीयामा  खुलेआम लंगुरवूर्जा खेलाईरहदा समेत सरोकारवाला सवै वेखवर झै बनिरहेका छन् । साे ठाँउमा पटक पटक प्रहरीकाे भ्यान ओहरदाेहर  गरिरहदाँ समेत  खाल चलाउनेहरुले निशंन्देह लु‌ंगरवूर्जा खेलाईरहेका हुन्छन् ।  विराटनगरदेखि बाहेक छिमेकी देश भारतकाे विहारबाट समेत यहाँ लंगुरवूर्जा खेल्न आउने गरेका छन्।

भिडभाँडयुक्त यस खेलमा दैनिक लाखौंको जितहार भईरहेको छ । टोल – टोलका केटाहरु यस खेलमा झुम्मिएँका कारण यस क्षेत्रका अभिभावकहरु चिन्तित छन् । प्रदेश नं. १ को राजधानी तथा एकमात्र महानगरपालिका विराटनगरमा यसरी प्रहरी प्रशासनलाई ठाडै चुनौती दिदैं लंगूरवूर्जा खेलाउनुलाई हलुका लिन कदापि मिल्दैन ।

यसरी खुलेआम रोडमा जुवाजन्य खेल खेलाईरहदा प्रहरी मूकदर्शक बन्नुले स्वयं सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बताउँदै आएको मोरङ प्रहरीलाई नराम्ररी गिज्जाईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]