२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराट राजवंशी महोत्सव आजबाट शुरु, ३ बजे हाटखोला खेलमैदानमा मेला उद्घाटन हुने

Logo
प्रकाशित सोमबार, आश्विन १०, २०७९

निरज बस्नेत
विराटनगर, असोज १०
विराट राजवंशी महोत्सव आजबाट विराटनगरको हाटखोला खेलमैदानमा शुरु हुँदैछ ।

महोत्सवमा रहेका ६० वटा आकर्षक स्टलहरुमध्ये अधिकांश स्टलहरु बुक भईसकेको आयोजक संस्था विराट राजवंशी प्रगतिशिल विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले जानकारी दिएका छन् । बाँकी रहेका केही स्टलहरुको बुकिङका लागीपनि व्यापारीहरुले सम्पर्क गरिरहेको महोत्सव समितिका प्रमुख व्यवस्थापक नारायण अधिकारीले बताएका छन् ।

मेलामा साथसाथै, बालबालिकाका लागि, बाल उधान, रोटे पिङ, कोलम्वस नाउँ, ड्राइगन रेल, लगायत विविध खेलसामाग्री राखिएको छ । खानाका मिठा–मिठा परिकारको स्टल रहने हुनाले पनि खानाका स्वाद पारखीहरुको लागि महोत्सव थप रमाईलो हुनसक्दछ ।

१२ दिन चल्ने महोत्सवमा आकर्षणका रुपमा स्थानीय,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने महोत्सव समितिका व्यवस्थापक गौरी लिम्वूले बताएका छन् । यसपालि राष्ट्रिय कलाकारहरुमा, सुमित खड्का, ज्योती मगर, प्रमोद खरेल, टंक बुढाथोकी, मेलिना राई, प्रिती आले, प्रकाश सपूत, अशोक दर्जीको साथमा नेपालीभाषी अन्र्तराष्ट्रिय गायक प्रशान्त तामाङको समेत बेजोड प्रस्तुति रहने बताईएको छ ।

आज १० असोज घटस्थापनाको दिनमा शुरु भएको महोत्सव २१ असोजसम्म गरी १२ दिनसम्म चल्नेछ । प्रत्येक दिन विहान ११ बजेदेखी राती १० बजेसम्म महोत्सव संचालन हुनेछ । यसअघिको प्रथम विराट राजवंशी महोत्सव अत्यधिक सफल रहेको थियो । यो विराटनगर राजवंशी महोत्सवको दोस्रो संस्क्रमण हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]