२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराट राजवंशी महोत्सवकाे फाष्टफूडमा झुम्मिए अवलाेकनकर्ता

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

विराटनगर, असोज १२
निरज बस्नेत

विराटनगरकाे हाटखाेलामा संचालन भईरहेकाे विराट राजवंशी दोस्रो महोत्सवमा राखिएकाे खानेकुराका स्टल अवलाेकनकर्ता लागी विषेश आकर्षण बनेकाे छ । मेला घुम्ने आउनेहरु यहाँ रहेका खानेकुराकाे विभिन्न स्टलहरुमा झुम्मिने गरेका छन् ।

महोत्सवमा रोशिका एण्ड रिभर साईट नामको स्टलमा  ससेज, चिकन आईटम, भेज आईटम,चिसो, तातो लगायत खानाका मिठामिठा पकवानहरु पाईने गरेको प्रोपाईटर संन्तोष संग्रौलाले बताए। यही स्टलमा महोत्सव आर्थिक संयोजक मार्कण्डय राजवंशी चिकन मःमःसँगै काेल्डड्रिन्क मिठो मानेर खाँदै मेलामा पाईने सबै खानेकुराहरु उत्कृष्ट रहेकाे प्रतिक्रिया दिए  ।

सुजन क्षेत्रीले चलाईरहेको मःमः, चाउमिन, पकौडा, चियाको क्याफे स्टल नं. १७ मा रहेको छ । चियाको चुस्कीसँगै गफगाफमा मस्त भई स्टेजको सांगितिक कार्यक्रम हेर्नेको राम्रै जमात यहाँ देखियाे। चाउमिनका साथमा समोसाको मज्जा लिन अर्जुन शाहको स्टलमा जानुपर्ने हुन्छ ।  दिपेश बुढाथोकीले मेला विराट फाष्टफूड खाजा–खानाको स्टल राखेका छन् । त्यस स्टलमा उनलाई सहयाेग गर्न रवी नाम गरेका एक युवा खटिएका छन्। रविका अनुसार यहाँ आगन्तुकका लागि भेज आईटम, चिकेन आईटम, भेज खाना, चिकन आईटम , भेज खाना, चिकेन खाना, पाईन्छ । स्टेजको छेउमै रहेको ललिता शाहको स्टलमा चना, जिलेवी, चिया, चाउमिन, सुलभ दरमा खारिएकाे छ।

१० असोजवाट संचालित विराट महोत्सवको आज तेस्रो दिन हो । महोत्सव २१ असोजसम्म चल्नेछ । महोत्सव प्रवेश शूल्क समय अनुसारको राखिएको विराट राजवंशी प्रगतिशिल विकाश समाज समितिका अध्यक्ष किरण राजवंशी बताउछन् । त्यस्तैगरी विविध खेल सामाग्रीको शूल्क एकदमै बजारको माग अनुसारको राखिएको प्रमुख व्यवस्थापक नारायण अधिकारी दावी गर्छन् । अर्का व्यवस्थापक गौरी लिम्वूका अनुसार महोत्सवमा सवै किसिमका पाहुनाहरु दिनहु आई रमाईलो गरिरहेको बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]