१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट राजवंशी महोत्सवकाे फाष्टफूडमा झुम्मिए अवलाेकनकर्ता

Logo

विराटनगर, असोज १२
निरज बस्नेत

विराटनगरकाे हाटखाेलामा संचालन भईरहेकाे विराट राजवंशी दोस्रो महोत्सवमा राखिएकाे खानेकुराका स्टल अवलाेकनकर्ता लागी विषेश आकर्षण बनेकाे छ । मेला घुम्ने आउनेहरु यहाँ रहेका खानेकुराकाे विभिन्न स्टलहरुमा झुम्मिने गरेका छन् ।

महोत्सवमा रोशिका एण्ड रिभर साईट नामको स्टलमा  ससेज, चिकन आईटम, भेज आईटम,चिसो, तातो लगायत खानाका मिठामिठा पकवानहरु पाईने गरेको प्रोपाईटर संन्तोष संग्रौलाले बताए। यही स्टलमा महोत्सव आर्थिक संयोजक मार्कण्डय राजवंशी चिकन मःमःसँगै काेल्डड्रिन्क मिठो मानेर खाँदै मेलामा पाईने सबै खानेकुराहरु उत्कृष्ट रहेकाे प्रतिक्रिया दिए  ।

सुजन क्षेत्रीले चलाईरहेको मःमः, चाउमिन, पकौडा, चियाको क्याफे स्टल नं. १७ मा रहेको छ । चियाको चुस्कीसँगै गफगाफमा मस्त भई स्टेजको सांगितिक कार्यक्रम हेर्नेको राम्रै जमात यहाँ देखियाे। चाउमिनका साथमा समोसाको मज्जा लिन अर्जुन शाहको स्टलमा जानुपर्ने हुन्छ ।  दिपेश बुढाथोकीले मेला विराट फाष्टफूड खाजा–खानाको स्टल राखेका छन् । त्यस स्टलमा उनलाई सहयाेग गर्न रवी नाम गरेका एक युवा खटिएका छन्। रविका अनुसार यहाँ आगन्तुकका लागि भेज आईटम, चिकेन आईटम, भेज खाना, चिकन आईटम , भेज खाना, चिकेन खाना, पाईन्छ । स्टेजको छेउमै रहेको ललिता शाहको स्टलमा चना, जिलेवी, चिया, चाउमिन, सुलभ दरमा खारिएकाे छ।

१० असोजवाट संचालित विराट महोत्सवको आज तेस्रो दिन हो । महोत्सव २१ असोजसम्म चल्नेछ । महोत्सव प्रवेश शूल्क समय अनुसारको राखिएको विराट राजवंशी प्रगतिशिल विकाश समाज समितिका अध्यक्ष किरण राजवंशी बताउछन् । त्यस्तैगरी विविध खेल सामाग्रीको शूल्क एकदमै बजारको माग अनुसारको राखिएको प्रमुख व्यवस्थापक नारायण अधिकारी दावी गर्छन् । अर्का व्यवस्थापक गौरी लिम्वूका अनुसार महोत्सवमा सवै किसिमका पाहुनाहरु दिनहु आई रमाईलो गरिरहेको बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]