११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

दुहवी रमाईलो मेलामा अवलोकनकर्ताको घुईचो

Logo

निरज बस्नेत
असोज १३, दुहवी
दुहवी /सुनसरीको दुहवीमा जारी रमाईलो मेला तथा साँस्कृतिक कार्यक्रममा नजिकको शहरबाट अवलोकनकर्ता आउने क्रम बढेको छ ।
दुहवी ५ स्थित पशुपति बिस्कुट उद्योग सडकपारी भईरहेको उक्त मेलामा नजिकको सहर विराटनगर, ईटहरी, धरान र भारतको बिहारबाट समेत अवलोकनकर्ताहरु आईरहेको पाईएको छ ।

रमाईलो मेलासँगै आयोजना भएको साँस्कृतिक कार्यक्रममा दैनिक स्थानीय तथा रास्ट्रिय कलाकार प्र्रस्तुती हुने गरेको छ । मानोरञ्जनात्मक कार्यक्रममा भोजपुरी, मैथीली तथा हिन्दी नृत्य समेत प्रस्तुत भईरहेकाले अवोलोकनकर्ताको घुईचो लागेको छ । मेलाक्षेत्रमा दैनिक ५ हजार भन्दा बढी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।
मेलामा साँस्कृतिक कार्यक्रम सँगै रोटेपिङ, बाल उद्यान, घिर्नी रेस, ड्रागन रेस, दाना रेस, बल रेस, नाउ रेस, तिर , रेस, बेत रिङ्ग र बच्चाहरुको विभिन्न खेल हुने मेला व्यवस्थापक विवेक बस्नेतले जानकारी दिए ।

सो मेला असोज १६ गते सम्म दिनको ३ बजे देखी रातीको ९ बजे सम्म मेला लगाउने श्रीजनशिल युवा क्लबका अध्यक्ष अमित कुमार बडहीले बताए । थप १५ दिनको लागी मेला बढाउने आयोजक समितीले तयारी समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]