१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

के अब विराटनगरका अनाधिकृत संरचनाहरुमा पनि डाेजर चल्ला ? महानगरले दियाे १५ दिने अल्टिमेटम

Logo

दिनेश खड्का
विराटनगर, असोज १५
अनाधिकृत सीमा पर्खाल हटाउन विराटनगर महानगरपालिकाले सूचना जारी गरेको छ । सूचनामा नक्शा पास गराउदाँ ईजाजत दिईएको क्षेत्रभन्दा बाहिर बनाईएको पर्खाल हटाउन महानगरले भनेको छ ।

महानगरको शहर पूर्वाधार विकास महाशाखाले शनिवार सार्वजनिक सूचना जारी गरी अनाधिकृत पर्खाल तथा संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको हो । १५ दिनभिपछि महानगरले त्यस्तो संरचना हटाउने र त्यसवापत लाग्ने खर्च समेत घरधनीबाट असुलउपर गर्ने भनेको छ ।

विषेश गरी बजारक्षेत्रमा बनेका घर तथा भवनहरु प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नहुदाँ विराटनगरका सडक तथा सार्वजनिक ठाँउहरु साँघुरिएका छन् ।

काठमाडौंमा स्वतन्त्रबाट मेयर बनेका बालेनले पदवहाली गरेको केहि समयमानै अनाधिकृत संरचना हटाउने काम शुरु गरेका थिए । यो कामले लोकप्रियता पाएपछि देशका विभिन्न पालिकामा जितेका जनप्रतिनिधिहरु अनाधिकृत संरचना हटाउन तम्सिएका छन् ।

तर पार्टिबाट जितेर आएका जनप्रतिनिधिलाई भने स्वतन्त्रजस्तै काम गर्न सजिलो र छुट पनि छैन् । सडक तथा सार्वजनिक जग्गा मिचेर रजगज गरिरहेका समाजका बढेमानहरुले यो कामलाई सफल हुन नदिने पक्कापक्की नै छ । अझ चुनाव नजिकिदै गएको बेला बढेमानहरु रुष्ट हुने काम गर्न जनप्रतिनिधिलाई पार्टिलेनै दिन सक्ने अवस्था देखिदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]