२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मोरङ–५ प्रदेश(ख) मा अर्यालको संभावना

Logo

विराटनगर, असोज ३०
निरज बस्नेत
मोरङ–५ प्रदेश(ख) अन्र्तगत गठबन्धनका उम्मेदवार अमृत अर्यालको जितको आधारशिला प्रवल रुपमा स्थापित हुदैं गईरहेको छ । विराटनगर–१० स्थायी वसोवास भएतापनि अर्यालको लोकप्रियता उँचाईमा पुगिरहेको देखिन्छ । सवैमाझ प्रिय छवि बनाएका अर्यालको व्यक्तित्व जति सरल छ, त्यति नैं अद्दितीय छ ।

अर्याललाई काउन्टर दिन जसपाका जयराम यादव तयार भएर चुनावी मैदानमा होमिएका छन् । यादव प्रदेश १ सरकारका वहालवाला मन्त्री समेत हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत यादवले सम्मालिरहेका छन् । यादवले मन्त्रालयको सरकारी गाडी यतिवेला व्यक्तिगत प्रयोजनको लागि दुरुपयोग गरिरहेका छन् । चुनावी मैदानमा होमिदा सरकारी गाडी प्रयोगमा ल्याउनु समेत निर्वाचन आचारसंहिता विपरित मानिन्छ । यादवलाई मोरङमा एमालेले साथ दिएको छ ।

यता अर्याल गठबन्धनका साझा उम्मेदवार हुन् । जितको आधारमा अर्याल, एककदम अगाडी छन् । पदको लागि राजनीति नगरी विशुद्द देश र जनताको लागि त्यागी नेताको कुशल छवि बनाएका अर्याल यस क्षेत्रका लागि मात्र नभई राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव पार्नसक्ने नेताको रुपमा चिनिन्छन् । अर्याललाई चुनाव जिताएमा यिनी प्रदेश १ सरकारका मुख्यमन्त्री हुने लगभग निश्चित प्रायः देखिन्छ । अर्यालको लोकप्रियताको चाङ उत्कट विन्दूमा छर्लङ देखिन्छ । यथार्थतामा भन्दा मोरङ–५ प्रदेश(ख) मा अर्यालले नै चुनाव जित्ने यस भेगका आम जनता दावी गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]