०६ भाद्र २०८३, शनिबार
22-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कुटपिट घटनामा संलग्न ‘गुण्डा’ लामा अझै पक्राउ परेनन्

Logo

विराटनगर, कार्तिक ५
निरज बस्नेत
एमाले नेता परशुराम बस्नेतका निकटका रुपमा चिनिने ‘गुण्डा’ किरण लामा विरुद्द अपहरण, शरीर बन्धक, मिटरब्याज र फिरौंती कसुरको जाहेरी परेको छ । विराटनगर–८ का नवल यादव र विराटनगर–१४ का अभिषेक शाहले विराटनगर–११ बस्ने लामा विरुद्द मोरङ प्रहरीमा जाहेरी दिएका हुन् ।

जाहेरीमा लामाका सहयोगी अनुज मगरलाई पनि विपक्षी बनाईएको छ । पीडितद्दयलाई लामाले सल्लाह गर्नु छ भनी शुक्रवार आफ्नै निवासमा बोलाई निर्घात कुटपिट गरेका थिएँ । घटनाबारे पिडितहरुले शनिबार मोरङ प्रहरीमा जाहेरी समेत दिएका छन् । जाहेरी शनिवार लिएँतापनि दर्ता चाँही कानूनसम्मत रुपमा आइतवार गर्ने मोरङ प्रहरीले जनाएको छ ।

नवल यादवले लामाबाट गएको असार २९ गते मिटरब्याजमा ५ लाख रुपैंयाँ लिएका थिएँ । पैशा दिएकाे  ३ महिनामैं  लामाले डर धाक धम्की दिई आफुसँग ५ लाखको १८ लाखसम्म जर्वजस्ती असुलउपर गरिसकेको  यादवले जाहेरीमा उल्लेख गरेका छन् । थप पँच्चिस लाख दिनुपर्ने भन्दै लामाले बन्धक बनाएर कुटपिट गरेकाे पिडित यादवकाे जिकिर छ।

ठाडो निवेदन पश्चात् प्रहरी लामाको घरमा पुगेको थियो । तर, लामालाई प्रहरीले फेला पार्न सकेन ।

आसन्न मंसीर–४ को चुनावमा प्रदेश–१ अन्र्तगतको मोरङ–६(ख) बाट एमालेका उम्मेदवार बनेका परशुरामलाई लामाको यो हर्कतले घाटा पुर्याउने अड्कल काटिएको छ । विगतमा प्रह्लाद गुरागाई, जगदिश शाहलाई समेत लामाले महेन्द्र चोकको एक होटलमा बन्धक बनाएर कुटेका थिएँ । प्रायजसो कुटपिट काण्डमा मुछिने लामाको स्वभाव दिनप्रतिदिन उदण्डमा परिणत हुँदैछ ।

लामा नेकपा एमाले युवा संघ विराटनगर महानगर कमिटी अध्यक्ष हुन् । विराटनगरलाई केन्द्रविन्दू बनाई लामा विगत देखि नै आपराधिक क्रृयाकलापमा संग्लन हुँदै आईरहेका छन् । लामाको यो हदसम्मको कर्तुत एमाले जस्तो जिम्मेवार पार्टीले टुलुटुलु हेर्दे बसिरहेको प्रष्टै देखिन्छ । लामाको सम्वन्ध एमाले अध्यक्ष केपी ओलीसँग राम्रो छ । एमाले मोरङ जिल्ला अध्यक्ष विनोद ढकाल, परशुराम बस्नेत, पूर्व डिआईजी नवराज सिलवाल, लगायतसँग राम्रो हिमचिम रहेको छ । यो कुराको पुष्टि लामाको आधिकारिक फेसबुकमा अपलोड पोष्टबाटै छर्लङै हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]