२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

कुटपिट घटनामा संलग्न ‘गुण्डा’ लामा अझै पक्राउ परेनन्

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

विराटनगर, कार्तिक ५
निरज बस्नेत
एमाले नेता परशुराम बस्नेतका निकटका रुपमा चिनिने ‘गुण्डा’ किरण लामा विरुद्द अपहरण, शरीर बन्धक, मिटरब्याज र फिरौंती कसुरको जाहेरी परेको छ । विराटनगर–८ का नवल यादव र विराटनगर–१४ का अभिषेक शाहले विराटनगर–११ बस्ने लामा विरुद्द मोरङ प्रहरीमा जाहेरी दिएका हुन् ।

जाहेरीमा लामाका सहयोगी अनुज मगरलाई पनि विपक्षी बनाईएको छ । पीडितद्दयलाई लामाले सल्लाह गर्नु छ भनी शुक्रवार आफ्नै निवासमा बोलाई निर्घात कुटपिट गरेका थिएँ । घटनाबारे पिडितहरुले शनिबार मोरङ प्रहरीमा जाहेरी समेत दिएका छन् । जाहेरी शनिवार लिएँतापनि दर्ता चाँही कानूनसम्मत रुपमा आइतवार गर्ने मोरङ प्रहरीले जनाएको छ ।

नवल यादवले लामाबाट गएको असार २९ गते मिटरब्याजमा ५ लाख रुपैंयाँ लिएका थिएँ । पैशा दिएकाे  ३ महिनामैं  लामाले डर धाक धम्की दिई आफुसँग ५ लाखको १८ लाखसम्म जर्वजस्ती असुलउपर गरिसकेको  यादवले जाहेरीमा उल्लेख गरेका छन् । थप पँच्चिस लाख दिनुपर्ने भन्दै लामाले बन्धक बनाएर कुटपिट गरेकाे पिडित यादवकाे जिकिर छ।

ठाडो निवेदन पश्चात् प्रहरी लामाको घरमा पुगेको थियो । तर, लामालाई प्रहरीले फेला पार्न सकेन ।

आसन्न मंसीर–४ को चुनावमा प्रदेश–१ अन्र्तगतको मोरङ–६(ख) बाट एमालेका उम्मेदवार बनेका परशुरामलाई लामाको यो हर्कतले घाटा पुर्याउने अड्कल काटिएको छ । विगतमा प्रह्लाद गुरागाई, जगदिश शाहलाई समेत लामाले महेन्द्र चोकको एक होटलमा बन्धक बनाएर कुटेका थिएँ । प्रायजसो कुटपिट काण्डमा मुछिने लामाको स्वभाव दिनप्रतिदिन उदण्डमा परिणत हुँदैछ ।

लामा नेकपा एमाले युवा संघ विराटनगर महानगर कमिटी अध्यक्ष हुन् । विराटनगरलाई केन्द्रविन्दू बनाई लामा विगत देखि नै आपराधिक क्रृयाकलापमा संग्लन हुँदै आईरहेका छन् । लामाको यो हदसम्मको कर्तुत एमाले जस्तो जिम्मेवार पार्टीले टुलुटुलु हेर्दे बसिरहेको प्रष्टै देखिन्छ । लामाको सम्वन्ध एमाले अध्यक्ष केपी ओलीसँग राम्रो छ । एमाले मोरङ जिल्ला अध्यक्ष विनोद ढकाल, परशुराम बस्नेत, पूर्व डिआईजी नवराज सिलवाल, लगायतसँग राम्रो हिमचिम रहेको छ । यो कुराको पुष्टि लामाको आधिकारिक फेसबुकमा अपलोड पोष्टबाटै छर्लङै हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]