२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरको रोयल व्रियानी हाउसको भान्सा प्रदूषित

Logo

दिनेश खड्का

विराटनगर, कार्तिक ६

विराटनगरको चल्तीको रोयल व्रियानी हाउसको भान्सा कोठा प्रदूषित पाईएको छ । आम विराटनगरवासीको जनगुनासो आएपछी अनुगमनका क्रममा रोयलको किचेनमा गल्ती भेटिएको हो ।

वाणिज्य तथा आपूर्ति कार्यालय विराटनगर, जिप्रका मोरङ, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पब्लिक फोरम विराटनगरको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा रोयल व्रियानीको पकाउने ठाउँमा फोहोर पाईएको हो । यस व्रियानी हाउसमा मापदण्ड विपरित भान्सा कोठा प्रयोगमा ल्याईएको अनुगमनका क्रममा फेला परेको देखिएको हो ।

यसैबीच विराटनगर–८ ट्राफिक चोकमा रहेको द रोयल व्रियानी हाउसलाई ३ दिनभित्र नियामक निकायले सुधार गर्न भनेको छ । यसका संचालक पप्पु अन्सारी हुन् । जो छोटो समयमा नै राम्रो मुनाफा कमाई सम्पन्न भएका छन् । अनुगमनका क्रममा रोयल व्रियानी भित्र भान्सा कोठा सँगै भाँडा धुने र फोहर फाल्ने एकै ठाउँमा भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]