२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरको रोयल व्रियानी हाउसको भान्सा प्रदूषित

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

दिनेश खड्का

विराटनगर, कार्तिक ६

विराटनगरको चल्तीको रोयल व्रियानी हाउसको भान्सा कोठा प्रदूषित पाईएको छ । आम विराटनगरवासीको जनगुनासो आएपछी अनुगमनका क्रममा रोयलको किचेनमा गल्ती भेटिएको हो ।

वाणिज्य तथा आपूर्ति कार्यालय विराटनगर, जिप्रका मोरङ, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पब्लिक फोरम विराटनगरको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा रोयल व्रियानीको पकाउने ठाउँमा फोहोर पाईएको हो । यस व्रियानी हाउसमा मापदण्ड विपरित भान्सा कोठा प्रयोगमा ल्याईएको अनुगमनका क्रममा फेला परेको देखिएको हो ।

यसैबीच विराटनगर–८ ट्राफिक चोकमा रहेको द रोयल व्रियानी हाउसलाई ३ दिनभित्र नियामक निकायले सुधार गर्न भनेको छ । यसका संचालक पप्पु अन्सारी हुन् । जो छोटो समयमा नै राम्रो मुनाफा कमाई सम्पन्न भएका छन् । अनुगमनका क्रममा रोयल व्रियानी भित्र भान्सा कोठा सँगै भाँडा धुने र फोहर फाल्ने एकै ठाउँमा भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]