१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

फरार ‘गुण्डा’ लामालाई कसको संरक्षण ?

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

विराटनगर, कार्तिक ६
निरज बस्नेत
कार्तिक ४ गते घटित घटनाका फरार अभियुक्त गुण्डा किरण लामालाई प्रहरीले यो समाचार तयार पार्दासम्म पक्राउ गर्न सकेको छैन । लामाले मिटरब्याजकाे पैशा असुशल्न विराटनगरका औषधी व्यवसायी नवल यादव र अभिषेक शाहलाई शुक्रवार आफ्नै घरमा बोलाई बन्धक बनाएर निर्घात कुटपिट गरेका थिँए ।

गएको २९ असारमा यादवले लामासँग रु. ५ लाख रकम सापटी लिएका थिँए । यादवले ३ महिनाभित्र ५ लाखकाे  १८ लाखसम्म बुझाईसकेका पनि थिँए । यति बुझाउदा समेत थप अझै रकमको डिमाण्ड गरेपछि उक्त घटनाले उग्र  रुप लियाे । सल्लाह गर्नु छ भनी लामाले ४ कार्तिकमा आफ्नै घरमा बोलाई सहयोगी अनुज मगरलाई समेत  प्रयाेग गरी यादव र शाहलाई  कुटे ।

पीडक लामालाई मोरङ प्रहरीले अझैसम्म नियन्त्रणमा लिन नसक्नुलाई समाजले शंकाकाे दृष्टिकाेणले विश्लेषण गर्दैछ ।  शुक्रवारको घटनामा ठाडो निवेदन परेतापनि शनिवार जाहेरी परेको भनी प्रहरीले विदाको दिन जाहेरी दर्ता गरेकाे थिएन । शनिवार  नभएपछि उक्त जाहेरी दर्ता  कार्य आईतबारलाई साचिएकाे थियाे ।

घटना घटेको ४८ घण्टा भन्दा बढी भईसक्यो , लामा अझै फरार छन् । आखिर लामालाई प्रहरीले किन पक्राउ गर्न सकेको छैन । प्रश्न जटिल छ । लामाले राजनितिक संरक्षण पाईरहेकाे बजारमा गाईगुई सुनिदै छ । लामा नेकपा एमाले युवा संघ विराटनगर महानगर कमिटी अध्यक्ष हुन् । पार्टीका जिम्मेवार नेताहरु उनकाे विषयमा केही बाेल्न मानेका छैनन् । लामाकाे सम्बन्ध पार्टी अध्यक्ष केपी ‌‍ओली, केन्द्रय सदस्य विनाेद ढकाल , ‘डन’ परिचय भएका एमाले युवा नेता परशुराम बस्नेत लगाएत पार्टीका थुप्रै शिर्ष नेताहरुसँग रहेकाे छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]