१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मंगलवार लाग्दैंछ सूर्यग्रहण

Logo

विराटनगर, कार्तिक ७
निरज बस्नेत
सूर्य वा चन्द्रमामा जव छायाँ पर्छ । हो, यही हो ग्रहण । यो किन लाग्छ ? यसको प्रभाव के पर्छ । जसका लागि विश्वभरका वैज्ञानिकहरु जहिल्यैं उत्सुक हुन्छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अनुसार भोली मंगलवार अपराह््न ४ः५२ बजेदेखि करिव ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिनेछ । अझ, प्रष्ट्याउँदा समतल भू–भागवाट नदेखिने पनि सक्छ । सूर्यग्रहणलाई नांगो आँखाले कदापि हेर्न मिल्दैन । सूर्य आफैंमा एउटा ठूलो तारा हो । यसलाई हेर्दा आँखामा ठूलो समस्या पर्न सक्दछ । नेपालका सातैं प्रदेशवाट केही न केही मात्रामा सूर्यग्रहणलाई घरमै बसेर पिन होल क्यामेरा मेथडवाट अवलोकन गर्न भने सकिन्छ ।

सूर्यग्रहण हेर्नकै लागि भनेर बजारमा विशेष किसिमको चश्मा समेत उपलव्ध हुन्छ । खगोलशास्त्रीहरुका अनुसारमा नांगो आँखाले सूर्यग्रहणलाई हेर्न नहुनेमा सवैंलाई सचेत गराउँदै आएको छ । सूर्यग्रहणमा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा एउटा लहरमा हुन्छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्छ । परिक्रमा गर्दा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आईपुग्छ । चन्द्रमा पृथ्वी र सूर्यको बीचमा हुदाँ सूर्यवाट आउँने प्रकाश चन्द्रमाले छेकिदिन्छ । यसका कारणले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका भनाईमा ग्रहण यस्तो आकाशीय घटना हो । जहाँ हामीले देख्दैं आएको दूई ठूला वस्तु , सूर्य र चन्द्रमाको वस्तुको स्वरुप परिवर्तन भएर जान्छ । कुनैंपनि एउटा आकाशीय पिण्डले अर्को आकाशीय पिण्डलाई देखेर सूर्यको प्रकाश जानवाट रोक्दा ग्रहण लाग्ने हुन्छ । ग्रहण लागेको वेला आकाशीय पिण्डको छायाँ अर्को वस्तुमा देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]