२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

साहसी महिला विन्दा देवीको अगुवाईमा पार्टी प्रवेश कार्यक्रम

Logo

विराटनगर, कार्तिक १७
निरज बस्नेत
मोरङ–६ निर्वाचन क्षेत्रमा राप्रपाले आयोजना गरेको कार्यक्रममा रोचकता देखिएको छ । बुढीगंगा गाउँपालिका वडा नं. ३ मा स्थायी रुपमा बस्ने विन्दा देवी राजवंशीको अगुवाईमा सयौं कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् ।

कांग्रेस, एमाले, माओवादी लगायतका दल परित्याग गरी राप्रपामा ईन्ट्री मार्नेको लर्को लागेको देखियो । यो क्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विन्दा बताउँछिन् । १ सय ५० बढी घरधूरीबाट दर्जनौंको संख्यामा कार्यकर्ताहरु रमाईलो मान्दै राप्रपामा प्रवेश गरेका हुन् ।

कार्यक्रम बुढीगंगा गाउँपालिका ३ स्थित एक मन्दिरको प्रांगणमा सम्पन्न भएको थियो । यस कार्यक्रमलाई रोक्न यसै ३ नं. वार्डका वार्ड अध्यक्ष तिलक मण्डल खुलेर लागेको कुराको जानकारी विन्दाले दिईन् । तरपनि साहसी विन्दाको अगाडी तिलकको केही सिप चलेन । फलतः कार्यक्रम ऐतिहासिक रुपमा सफल भएको स्वयं विन्दाको दावी रहेको छ ।

विन्दाले यसअघि स्थानीय चुनावमा उनै तिलकलाई नै भोट हालेको कुरा समेत बताईन् । र, पटक–पटकको चुनावमा समेत कहिले कांग्रेस त कहिले एमाले सवैलाई राम्रै साथ दिएको बताउँछिन् । तर, जिते पश्चात् कसैले केही पनि माछो मारेनन् ।

तत्पश्चात् विरक्तिएकी विन्दालाई राप्रपा पार्टीको सवैथोक मनपर्यो । तसर्थ आफूपनि राप्रपा प्रवेश गरिन् । सँगै अन्य सयौंलाई प्रवेश गराईन् । यस कार्यक्रममा मोरङ–६ का राप्रपाका उम्मेदवार गोपाल क्षेत्री कटुवालले सवैसँग एकआपसमा खुसी साटासाट गरेका थिए । साथमा छोटो मन्तव्य व्यक्त गर्दे आगामी मंसीर–४ को प्रतिनिधि सभाका चुनावमा आफूलाई विजय गराएको खण्डमा माननीय भएमा यसै ठाउँमा शुरुमा आएर अविर जात्रा गर्ने र सधैभरी जनताकै सेवामा दत्तचित्त भई काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]