१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मनमोहन प्राविधिक विश्वविधालय स्नातक तहको विधार्थी भर्ना अभियान

Logo

विराटनगर, कार्तिक १७
निरज बस्नेत
बुढीगंगा गाउँपालिका हातीमूढामा रहेको मनमोहन प्राविधिक विश्वविधालयमा स्नातक तहको भर्ना खुलेको छ । यस भर्ना अभियानको जानकारी दिन विहीवार विश्वविधालयकै हातामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराईएको हो ।

शैंक्षिक सत्र २०७८–२०७९ मा स्कूल अफ इन्जिनियरिङ अन्र्तगत स्नातक तहको बी. ई. एन.सिभिल इन्जिनियरिङ र बी. ई. ईन. इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ कार्यक्रमहरुमा क्रमशः ४८ र २४ सिटमा भर्ना लिइएको थियो ।

शैक्षिक सत्र २०७९ – २०८० का लागि भनेर बी. ई. एन. सिभिल इन्जिनियरिङ र बी. ई. ईन. ईलेक्ट्रीकल एण्ड ईलेक्ट्रोनिक्स इन्जिनियरिङ कार्यक्रमहरुमा क्रमशः ४८ र २४ सिटमा भर्ना लिईने लक्ष्य रहेको छ । जसका लागि प्रवेश परिक्षा दिनुपर्ने हुन्छ ।

यसका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा जिव विज्ञान विषयमा प्रवीणता तह, उच्च माध्यमिक तह, ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परिक्षामा कुल पूर्णाङको कम्तीमा ४५ प्रतिशत अंक प्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणितमा कम्तीमा ४५ प्रतिशत ल्याई उतीर्ण हुनु पर्नेछ ।

त्यस्तैगरी विकल्पमा लेटर गे्रडिङ भएमा एनईबी को हकमा सवै विषयहरुमा फाईनल ग्रेडमा न्यूनतम सी ग्रेड प्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणितमा कम्तीमा सी ल्याएको हुनुपर्नेछ । प्रविणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तहमा जिवविज्ञान विषय लिने विधार्थीले छुट्टै गणित विषय लिई कम्तिमा ४५ प्रतिशत वा सी ग्रेड ल्याई फिजिक्स, केमेस्ट्री र गणितमा कम्तिमा ४५ प्रतिशत भएको हुनु पर्नेछ ।

आरक्षणतिर २७ र २४ रहेका छन् । खुला कोटा २१ र ९ हो । शूल्कतर्फ सिभिल इन्जिनियरिङ पढ्न ४ बर्षका लागि ५ लाख ८५ हजार लाग्छ । भर्नाको समयमा लिइएको १० हजार धरौटी चाहीँ पछि फिर्ता हुन्छ । स्कूल अफ इन्जिनियरिङ, स्नातक तहको छात्रवृतिसम्वन्धी जेहेन्दार तर्फ ४८ र २४ दुवैमा एक एक हुनेछ । पूर्ण छात्रवृति निड वेस्डतिर ४ र २ हो, यो पनि ४८ र २४ को सिटभित्र हो । सहुलियत छात्रवृतितर्फ ४८ र २४ मा ४ र २ नै हो । यी सवैको हकमा अर्ध वार्षिक शुल्कमा लागू गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]